बारा । बाराको सिम्रौनगढ़ नगरपालिका वडा नम्बर –२ रानिवास बजारमा आगलागी हुदा ६ वटा घरगाेठ जलेर नष्ट भएकाे छ ।
मंगलबार बिहान स्थानीय रामप्रीत हाजराको घरबाट सुरु भएको आगोले छिमेकी रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरविन्द मुखियाले बताए । रामप्रीत हाजराको गोठमा लाम्खुट्टे धपाउनका लागि बालिएको घुरबाट सल्केको आगोले आगलागी भएको हो।
आगोले भैंसी, मोटर साईकल, साईकल, मोटर, नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामानहरु पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएकाे ईलाका प्रहरी कार्यालय सिम्राैनगढले जनाएको छ ।