• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

  • वीरगंज संजाल
  • Sep 8, 2026, 8:36 am
  • ०

    रौतहट । परोहा नगरपालिका–९ रामपुर खापमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नजिकै माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि छुरा प्रहार भएको छ। घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरे पनि प्रहरीले मेलमिलापका लागि दबाब दिएको आरोप लगाएको छ।

    आइतबार राति करिब ९ः३० बजेतिर स्थानीय माछा पालन फर्ममा कार्यरत दिपेश पासवानमाथि धारिलो हतियार प्रहार भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामपुर टोलका २/३ जना युवाले पासवानमाथि छुरा प्रहार गरेका थिए। घटनामा घाइते पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि घर फर्किएको बताइएको छ।

    स्थानीयका अनुसार घटना भएको स्थान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट रामपुर खापबाट करिब १५० मिटरको दूरीमा पर्छ। सुरक्षा निकायको उपस्थितिकै नजिक हिंसात्मक घटना हुँदा पनि सशस्त्र प्रहरीले घटनाबारे आफूहरूलाई जानकारी नभएको बताएको पीडित पक्षको भनाइ छ।

    घटनापछि पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी रामपुर खापमा लिखित निवेदन दिएको बताइएको छ। तर, कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले पीडित पक्षलाई मेलमिलाप गर्न दबाब दिएको आरोप पीडित पक्षले लगाएको छ।

    स्थानीय बासिन्दाले रामपुर क्षेत्रमा केही युवाहरू लामो समयदेखि लागूऔषध सेवन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार विगतमा समेत यस्ता समूहबाट आपराधिक गतिविधि भएको थियो। गत निर्वाचनका क्रममा दुईवटा मोटरसाइकलमा आगजनी गरिएको घटनामा समेत उनीहरूको संलग्नता रहेको स्थानीयको दाबी छ।

    स्थानीयका अनुसार विगतका घटनामा प्रभावकारी कानुनी कारबाही नभएकै कारण यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको मनोबल बढेको हो। पछिल्लो छुरा प्रहारको घटनाले रामपुर खाप क्षेत्रमा सुरक्षा अवस्थाप्रति थप प्रश्न उठाएको स्थानीयको भनाइ छ।
    रातको समयमा मात्रै नभई दिनदहाडै समेत सर्वसाधारणलाई आवतजावत गर्न असहज हुने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ। सुरक्षा निकायको उपस्थितिकै क्षेत्रमा आपराधिक घटना हुनु र घटनापछि कानुनी कारबाहीको सट्टा मेलमिलाप गराउन खोजिएको आरोप सार्वजनिक भएपछि स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।

    पीडितमाथि छुरा प्रहार गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्नुपर्ने स्थानीयको माग छ। साथै, घटनाको सूचना पाएपछि सुरक्षा निकायले तत्काल के–कस्तो कदम चाल्यो भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ।
    घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि हालसम्म प्रहरीले के कारबाही गरेको छ भन्ने विषयमा सम्बन्धित प्रहरी कार्यालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन। प्रहरीले पीडितलाई मेलमिलापका लागि दबाब दिएको आरोपबारे समेत सम्बन्धित निकायको प्रतिक्रिया आउन बाँकी छ।
    स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही र रामपुर खाप क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑