१३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले अहिलेसम्म प्राप्त गरेको पदक–स्वर्ण जित्नेहरु !
वीरगंज संजाल
१९ मंसिर २०७६, बिहीबार ०५:३३
३८२३
विरगंज | दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।
१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७-९ स्कोरले हराए ।
जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।