• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दलालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव ५६ दिनदेखि दुबईमा

  • वीरगंज संजाल
  • Mar 20, 2023, 2:07 pm
  • १२८१

    सिराहा । मणिलाल विश्वकर्मा । सिराहाको धनगढीमाई नगरपालिका– ६ कट्टीटोलका ५४ वर्षीय किशोर यादव र उनकी पत्नी ४७ वर्षीया झुनियादेवीको आँखा नओभाएको झन्डै दुई महिना भयो । बहिनीको विवाहमा लागेको ऋण तिर्ने र झुपडीमा बसिरहेका आमाबुबालाई नयाँ घर बनाएर राख्ने सपनासहित दुबई उडेको जेठो छोरो सन्तोष कहिल्यै नफर्किने गरी उतै अलप भएपछि यादवदम्पतीको भोकप्यास हराएको छ । उनीहरू छोराको शवको पर्खाइमा छन्, तर ५६ दिन बितिसक्यो, शव कहिले आउँछ अझै टुंगो छैन ।

    ‘विदेशमा कमाएर ऋण तिर्छु, नयाँ घर बनाएर तपाईंहरूलाई राम्रो गरी राख्छु भन्थ्यो । फर्केपछि बिहे गरिदिने सोचेका थियौँ । तर, उतै बितेको खबर आयो । हामी अभागीले बुढेसकालमा छोराको मृत्युको खबर सुन्नुपर्‍यो,’ किशोरले भक्कानिँदै भने, ‘अहिलेसम्म शव पनि देख्न पाएका छैनौँ ।’ धनगढीमाई– ७ मा पर्ने अयोध्यानगर कसहा चोकदेखि करिब तीन किलोमिटर दक्षिण–पूर्व किशोरको छाप्रो छ, जहाँ पत्नी र कान्छो छोरा रामवरणसँगै उनी बस्छन् । सन्तोषको मृत्युको खबर आएदेखि यो सानो छाप्रोमा सन्नाटा छाएको छ ।

    महोत्तरी बर्दिबासका म्यानपावर एजेन्ट शम्भु ठाकुरले दुबईमा राम्रो जागिर मिलाइदिने आश्वासन दिएपछि सन्तोष विदेश जान कस्सिएका थिए । ऋणबाट मुक्ति पाउन र परिवारको आर्थिक अवस्था सुधार्न उनीसँग अर्को विकल्प पनि थिएन । गाउँमै थप दुई लाख ३० हजार ऋण खोजे र विदेश जाने तयारी गरे । त्यसमध्ये एक लाख ८४ हजार एजेन्ट ठाकुरलाई बुझाएको सन्तोषका भाइ रामवरणले बताए । ‘बाँकी पैसा पासपोर्ट बनाउनुका साथै लत्ताकपडा किन्न र काठमाडौं ओहोरदोहोर गर्नमा सकियो,’ उनले भने । ठाकुरले काठमाडौंको सामाखुसीस्थित न्युलाइट इन्टरनेसनल म्यानपावरमार्फत सन्तोषलाई दुबई पठाएका थिए ।
    ठाकुरले ०७७ कात्तिकमा सन्तोषलाई झुक्याउँदै भिजिट भिसामा दुबई उडाएका थिए । ८ कात्तिकमा दुबई पुगेका सन्तोषले श्रम स्वीकृति नभएका कारण तत्काल काम पाएनन् । तीन महिना नबित्दै घरमा फोन गरेर उनले आफूलाई दलालले ठगेको र घर फर्किन चाहेको सुनाएका थिए । तर, ऋण खोजेर दुबई पुगेका उनी फर्किन पनि सकेनन् । किनभने सात वर्षअघि बहिनी सतिलाको विवाह गर्दा सयकडा तीनका दरले लिएको सात लाख ऋण थियो । त्यसमाथि विदेश जाँदा दुई लाख ३० हजार थपिएको थियो । ‘राम्रो कमाइ हुन्छ भनेर दलालले छोरालाई दुबई पु¥यायो । छोरो उतै बिलायो,’ आमा झुनियादेवीले भनिन् ।
    १२ माघ ०७७ मा दुबईस्थित सुप्रिमो हस्पिटालिटी सर्भिसेज प्रालिका सुमन परियारले आफूलाई क्लिनरको काम गर्ने गरी कम्पनीमा राखेको जानकारी सन्तोषले परिवारलाई गराएका थिए । बुबा किशोरका अनुसार उनले कार धुने काम गर्थे । तर, कति तलब पाइन्छ, कसरी बसेका थिए परिवारलाई केही थाहा थिएन । विदेश गएपछि सन्तोषले दुईपटक गरी ६७ हजार रुपैयाँ भने घर पठाएको भाइ रामवरणले बताए ।

    यसैबीच गत पुसको दोस्रो साता सन्तोषको मृत्यु भएको खबर घर पुग्यो । युएईको स्वास्थ्य मन्त्रालयअन्तर्गत उम अल क्युवेन जिल्लास्थित प्रिभोन्टिभ विभागबाट जारी गरिएको मृत्यु प्रमाणपत्रमा १० पुस ०७९ (२३ जनवरी २०२३)मा उनको मृत्यु भएको उल्लेख छ । खाना र औषधि नपाएर छोरो बितेको खबर आए पनि त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको बुबा किशोरले बताए ।

    काठमाडौंमा रहेर सन्तोषको शव झिकाउन दौडधुप गरिरहेका आफन्त धीरू यादवका अनुसार सुप्रिमो कम्पनीमा काम गर्दागर्दै ढलेपछि मस्तिष्कमा पानी जमेको पाइएको थियो । शल्यक्रिया गरेको केही महिनापछि सन्तोष काममा पनि फर्किएका थिए । तर, पछि काम गर्दागर्दै निधन भएको खबर आयो । शव झिकाउन दूतावासका अधिकारी, वैदेशिक रोजगार बोर्डमा दौडधुप गर्दै आवश्यक निवेदन दिए पनि दुबई प्रहरीले छानबिन गरिरहेको भन्दै फकाईएको धीरूले बताए ।

    सन्तोषका बुबा र आमा
    सन्तोषलाई विदेश पठाउने एजेन्ट शम्भु ठाकुरले फोन नै ब्लक गरिदिएको भाइ रामवरणले बताए । ‘सुुरुमा फोन गर्दा शव ल्याउन पहल गर्दै छौँ भन्थ्यो, तर अहिले त फोन नै ब्लक गरेको छ,’ उनले भने । नयाँ पत्रिकाको सम्पर्कमा आएका ठाकुरले भने आफूले म्यानपावर कम्पनीले भनेअनुसार प्लेनको टिकट मात्रै बुक गराएको दाबी गरे ।
    युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सन्तोषको घटना सम्बन्धमा दूतावासले नो अब्जेक्सन लेटर (एनओसी) जारी गरिसकेको भए पनि घटना अनुसन्धानका क्रममा रहेकाले शव पठाउन नसकिएको बताए । ‘सन्तोष यादवको निधनको घटना उम अल क्युवेनको प्रशासनले अनुसन्धान गरिरहेको छ । प्रहरी रिपोर्ट आउनेबित्तिकै शव नेपाल पठाइनेछ,’ उनले भने, ‘स्थानीय प्रहरीबाट क्लेअरेन्स (सफाइ) सर्टिफिकेटको प्रतीक्षा छ । दूतावास निरन्तर सम्पर्कमा छ ।’

    रामवरणका अनुसार सन्तोषको निधनपश्चात् ७० वर्षीय हजुरबुबा हरि यादवको १० पुसमा निधन भएको छ । तर, दाइको शव नआएकाले हजुरबुबाको काजकिरियासमेत गर्न नपाएको उनले बताए । दाहसंस्कार भने भइसकेको छ । ‘हजुरबुबाभन्दा अगाडि नातिको निधन भएको थियो । तर, शव पनि नआएकाले कसरी काजकिरिया गर्ने भन्ने कुरा उठेपछि दुवैको काजकिरिया भएको छैन,’ उनले भने । रामवरणले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेका छन् । तर, विदेशमा दाइको ज्यान गएपछि उनी स्नातक भर्ना हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑