किभ । रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डल बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ ।
रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाइसकेको छ।