वीरगंज । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका-७ को माझीटारमा यात्रुवाहक माइक्रो बसको ठक्करबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
पानी किन्न सडक पार गर्नेक्रममा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको माइक्रोको ठक्करबाट तीनपाटन गाउँपालिका-११ का कमल तामाङका ९ वर्षीया छोरी ममताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई ठक्कर दिने बा ४ ख ६६७३ नं को हायस गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खाजी भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए ।