• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    सवारी दुर्घटनाको स्थिति चिन्ताजनक

  • वीरगंज संजाल
  • Feb 27, 2023, 12:22 pm
  • ४२५

    वीरगंज । पछिल्लो समय उदयपुरमा सवारी दुर्घटना बढेको छ। छ महिनायता उदयपुरमा ११९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १९ जनाले ज्यान गुमाएको र १५४ पुरुष, ४३ महिला तथा २० बालबालिका गरी १९९ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँगको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले शनिबार गाईघाटमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।

    प्रहरीको तथ्याङ्कअनुसार ९१ वटा दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकलका ७६ वटा रहेका छन्। त्यसैगरी जिप, कार १४ वटा, अटो १३ वटा, बस पाँचवटा, ट्याक्टर तीनवटा, टिप्पर चारवटा र अन्य चारवटा गरी ११९ वटा सवारी दुर्घटना भएको हो। प्रहरीको अनुसन्धानबाट दुर्घटनाको प्रमुख कारण तीव्र गति र सडक समस्या रहेको छ। ४६ वटा सवारी तीव्र गति भएकै कारण दुर्घटना भएका छन्। त्यस्तै सडक समस्याले आठवटा, यात्रुको लापरबाहीले दुईवटा, सवारीमा हुने यान्त्रिक गडबडीले पाँचवटा र उछिनपाछिनका कारण दुर्घटना भएको तथ्याङ्कमा देखाइएको छ। प्रहरी उपरीक्षक फुयालका अनुसार भौगोलिक हिसाबले त्रियुगा नगरपालिकामा मात्रै ४१ वटा सवारी दुर्घटना भएको छ भने चौदण्डीगढी १८ तथा कटारी र बेलका नपामा १४, उदयपुरगढी गाउँपालिकामा तीनवटा दुर्घटना भएका छन्। त्यस्तै साउनदेखि पुस महिनासम्मको तथ्याङ्कमा सबैभन्दा बढी मदन भण्डारी स्मृति लोकमार्गमा ११ वटा दुर्घटना भएको देखिएको छ।

    जिल्लामा मदन भण्डारी, सगरमाथा र सिद्धिचरण लोकमार्गका सडक रहेका छन्। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सवारी दुर्घटनाको स्थिति डरलाग्दो रहेकाले यसको न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो। ट्राफिक प्रहरीले मात्रै सबै दुर्घटना रोक्न नसक्ने बताउँदै उहाँले सवारीचालक, पैदल यात्री, यातायात व्यवसायी सबै सजग र सचेत हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले रुट इजजातबिना सवारी कुदाउने, रातो नम्बर प्लेट भएका सवारीले समेत नियमित यात्रु बोक्ने, पहाडी क्षेत्रमा बोलेरोले क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या, यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना बढेको बताउनुभयो। कार्यक्रममा त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइराला, वडा नं. १३ का वडाध्यक्ष नवीनकुमार चौधरी, यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका निमित्त प्रमुख गोविन्द तिमिल्सिना, हिमाली यातायात व्यवसायी सङ्घका महासचिव उमेश बस्नेतलगायतले दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑