वीरगंज । कालीकोटको तिलागुफा नगरपालिका–५, धनाडामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक घाइते छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७, पाल्तडाका २९ वर्षीय छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान साढे ५ बजे चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका परिचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मुगुबाट ग्यास सिलिन्डर लिएर सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०३५६ नम्बरको मिनिट्रक गए राति करिब सवा १ बजे अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।