• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बन्द विद्यालयमा ‘बोर्डिङ’ को शिक्षा

  • वीरगंज संजाल
  • १९ माघ २०७९, बिहीबार १३:०७
  • २२५७

    २०७० देखि २०७६ सालसम्म बन्द भएको पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको धनेश्वर महादेव आधारभुत विद्यालयले नीजि क्षेत्रको बोर्डिङको शिक्षा प्रदान गरेको छ ।

    विद्यालयको ४६ औं बार्षिक उत्सवको अवसरमा विद्यालयले प्रदान गरेको शिक्षा र विद्यालयको समस्याका बारेमा जानकारी गराउँदै स्थानीयहरुको निगरानी र अभिभावकत्वमा विद्यालयले नयाँ जीवन प्राप्त गरेको बताईएको छ ।

    ‘बन्द भएको विद्यालयलाई संचालन गर्ने गरी अभिभावकहरुको भेलाले विद्यालयलाई नयाँ जीवन प्रदान गरेका छौं’– अध्यक्ष अनिरुद्र थापाले भन्नुभयो–‘कक्षा २ सम्म शुरु भएको विद्यालयमा ३७ जना विद्यार्थी पहिलो वर्ष भर्ना गराएका थियौं ।

    प्ले ग्रुप देखि कक्षा ५ सम्म हाल १ सय ५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।’ नीजि श्रोतमा कार्यरत ५ जना शिक्षक छन् भने नगरपालिकाले ४ जना शिक्षक उपलब्ध गराएको छ । विद्यालयको बार्षिकोत्सवको अवसरमा वडा अध्यक्ष विनोद खत्रीले आफुले पाउने पारिश्रमीकबाट २५ हजार सहयोग गर्नु भयो ।

    यस अघिका वडा अध्यक्ष श्रीधर कुईकेलले १ लाख सहयोग गर्नु भएको थियो । ‘धनीलाई शिक्षा ब्याज हो भने गरिवलाई शिक्षा विउ पुँजी हो’– वडा अध्यक्ष खत्रीले भन्नुभयो–‘विद्यालयले शुरु गरेको गुणस्तरीय शिक्षालाई वडाको तर्फबाट सहयोग उपलब्ध गराईनेछ ।’

    वडा अध्यक्ष खत्रीले वडामा रहेका अन्य दुई विद्यालय ग्रामोदय आधारभुत विद्यालयलाई २५ हजार सहयोग गर्नु भएको छ भने यस अघि ग्रामोदयलाई ३० हजार र श्वेत गणेश र धनेश्वरलाई १५-१५ हजार रुपैया सहयोग गर्नु भएको थियो ।

    ‘गरिव तथा न्यून आय भएका अभिभावकहरुका लागि धनेश्वर महादेव आधारभुत विद्यालय सहयोगि बनेको छ’–प्रधानाध्यापक महेश्वरी न्यौपानेले भन्नुभयो–‘प्ले ग्रुप देखि कक्षा ५ सम्म अँग्रेजी माध्यमबाट निशुल्क अध्यापन भईरहेको छ ।’

    विभिन्न क्षेत्र तथा ब्यक्तिहरुको सहयोगबाट निरन्तरता प्राप्त गरेको विद्यालयको वाल निर्माणमा नेपाली सेनाको कालीजंग र कर्णेल मिलन थापाले सहयोग गर्नु भएको थियो भने भुकम्प पछिको पुनर्निमाणमा एउटा भवन निर्माण भएको छ ।

    एसओएस बालग्राम तथा अन्य विभिन्न संघ संस्थाले विद्यालय संचालनमा सहयोग पु-याएका छन् । स्थानीयहरुले सप्ताह आयोजना गरी विद्यालय संचालनलाई निरन्तरता दिएको अध्यक्ष अनिरुद्र थापाले बताउनु भयो ।

    विद्यालयको कम्पाउण्ड लगायतका पूर्वाधार निर्माण भए पनि विद्यार्थी खेल्ने आगँन धुलो हुँदा विद्यार्थीहरु कक्षा कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको शिक्षिका शर्मिला तिमल्सिनाले बताउनु भयो ।

    स्वास्थ्यका हिसावले पनि बालबालिकाहरुका लागि धुलो हानिकारक भएकाले खाजा खुवाउने समयमा पनि कक्षा कोठा भित्रै राख्नु पर्ने अवस्था भएको शिक्षिका तिमल्सिनाले बताउनु भयो ।

    कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, भालेश्वर माध्यमिक विद्यालयका अध्यक्ष राजेन्द्र केसी, श्वेत गणेश आधारभुत विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धर लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑