धनुषा । धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। स्थानीय अन्दाजी ६५ वर्षीय भुलर यादवको मत्यु भएको हो।
आइतबार अपरान्ह साढे ४ बजे लु ७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्कबाट गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा साँझ सवा ६ बजे मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरी चौकी कपिलेश्वरले नियन्त्रणमा लिएको छ।