वीरगंज । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।
बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बेलुकी साढे ८ बजे ट्र्याक्टरको ट्रलीमा सवार सारु सडकमा खसेका थिए। ट्र्याक्टर चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो।