वीरगंज । नेपालमा पहिलोपटक क्यान्सरको औषधि उत्पादन गर्ने टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को नेपाल च्याप्टरले सम्मान गरेको छ । एन्टिक्यान्सर औषधि उत्पादनमा नेतृत्व लिई मुलुकका लागि योगदान दिएको भन्दै वैद्यलाई सो सम्मान प्रदान गरिएको सो नेपाल च्याप्टरले जनाएको छ ।
च्याप्टरले वैद्यसँगै नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल, कोरोनाका बेला योगदान दिएको भन्दै विष्णु भण्डारी, रोशनकुमार कोजू, क्याबिनेट श्रेष्ठलगायत व्यक्तिलाई पनि सो संस्थाले सम्मान गरेको छ ।
वैद्य नेतृत्वको टिजिग फर्माले तीन एन्टिक्यान्सर औषधिका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएसँगै विगत १० महिनादेखि उत्पादन गर्दै आएको छ ।