वीरगंज । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरे । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको सम्पूर्ण सेनालाई युद्धको तयारी गर्न, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताए ।