• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७९, शुक्रबार १६:२५
  • २३०९

    वीरगंज । सुहादराको मुस्लिमाबाद इलाकाको मस्जिद रजा वली गलीमा रहेको एउटा सानो घर छ जसलाई भित्र र बाहिरबाट अहिलेसम्म प्लास्टर गरिएको छैन । घर निर्माणाधीन छ । यो निर्माणाधीन घरमा नाविद अहमद आफ्ना दुई साना छोरा, बुढी आमा र श्रीमतीसँग बस्छन् ।वजिराबादको यो क्षेत्र इमरान खानको लङ मार्चमा गोली चलेदेखि चर्चामा छ । किनभने प्रहरी हिरासतमा भएका कथित हमलाकर्ता नाविद अहमद यस क्षेत्रका रहेको बताइएको छ । जब तेहरिक–ए–इन्साफको लङ मार्चको कन्टेनर वजिराबादको अल्लाहवाला चोकमा पुग्यो, त्यहाँ अचानक गोलीबारी सुरु भयो, जसमा पूर्व प्रधानमन्त्री इमरान खानसहित केही व्यक्ति घाइते भए । त्यस लगत्तै पिटिआईका कार्यकर्ता कथित हमलाकर्ता नाविद अहमदतिर दौडिए जसलाई उनले फायरिङ गरिरहेको देखेका थिए र एक कार्यकर्ताले त गोलीबारीका बेला उनलाई रोक्ने कोसिससमेत गरेका थिए । नाविद अहमदलाई एलिट फोर्सले तुरुन्तै समातेर स्थानीय प्रहरी चौकीमा लग्यो । यस घटनामा हालसम्म कुनै मुद्दा दर्ता भएको छैन र प्रहरीले औपचारिक बयान जारी गरेको छैन । तर गुजरातको कुन्जा थानाभित्रबाट नाविद अहमदका थुप्रै भिडियो सार्वजनिक भएका छन् जसमा उनी इमरान खानमाथि हमलाको कुरा स्वीकारिरहेका छन् । यसपछि पञ्जाबका मुख्यमन्त्री चौधरी परवेज इलाहीले गोली चलाउने अभियुक्तको भिडियो बयान लीक भएकोमा सम्बोधन गर्दै सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बन गरेका छन् । र उनीहरुको मोबाइल फोन फरेन्सिक जाँचका लागि जफत गरिएको छ । जबकि आरपीओ गुजरातले भनेका छन्, ‘अभियुक्तलाई हिरासतमा लिइएको छ र अहिले नै अन्तिम बयान दिन सकिँदैन ।’

    नाविद र उनको परिवार

    सुहादरा चिनाब नदीको किनारमा अवस्थित छ । यो सघन जनसंख्या भएको सहर हो । यो सहरका हरेक परिवारमा कम्तीमा एकजना सदस्य वैदेशिक रोजगारीमा रहेको बताइन्छ । नाविद अहमदको जेठो छोरा करिब डेढ वर्षका छन् भने कान्छो छोरा १० दिन अघि मात्रै जन्मिएका छन् । उनीहरु बस्ने घर उनकी आमाले विरासतमा पाएकी हुन् जुन नाविदको भागमा परेको छ । स्थानीय पत्रकार अकील अहमद लोधीका अनुसार आरोपितले आफ्ना भाइहरूलाई अंश दिएर यो घर आफूसँग राखेका थनाविद अहमदका पिता मोहम्मद बशीरको करिब १५ वर्षअघि निधन भएको थियो । उनका पिता बोरिङ गर्ने र कवाडीको काम गर्ने गर्थे । बुबाले छोडेको काम उनका अरु दाजुभाइले पनि गरिरहेका थिए । प्लम्बिङको काम अहिले अलि आधुनिक भइसकेकाले अहिले उनीहरू बोरिङका लागि मेसिनको प्रयोग गर्छन् । नाविद अहमद साउदी अरबमा साढे चार वर्ष काम गरेर केही महिना अघि मात्रै फर्किएका हुन् । उनका एक छिमेकी अब्दुल्लाका अनुसार उनी चार–पाँच वर्षदेखि साउदी अरबमा बसेका थिए र त्यहाँ मजदुरी गर्थे । फर्किएपछि केही खास काम गरिरहेका थिएनन् । दाजुभाइलाई बोरिङ काममा सघाउँथे । यसबाहेक उनी कवाडीको काम पनि गर्थे । अब्दुल्लाले नाविद अहमद सुन्नी बरेलवी सम्प्रदायको बताए । उनी बेलाबेला मस्जिदमा नमाज पढ्न जान्थे ।

    परिवार कस्तो छ ?

    सुहदरा निवासी खालिद माजिदले उनको परिवार खासै धार्मिक नभएको बताए । उनले भने, ‘मैले उनीहरुलाई नियमित रूपमा प्रार्थना गरेको कहिल्यै देखेको छैन । यो एक सामान्य धार्मिक घर हो ।’ खालिद माजिदले थपे, ‘उसले गोली चलायो रे भन्ने सुनेर म छक्क परेँ किनभने उसले कसैलाई थप्पडसमेत हानेको देखेको छैन ।’ अर्को छिमेकी मोहम्मद अशरफलाई नाविद अहमद गाउँतिर कहिलेकाँही झगडा गर्थे त भनेर सोध्दा उनले भने, ‘अहँ, देखेको छैन । मैले उसलाई कहिले पनि कोहीसँग झगडा गरेको देखेको छैन । मैले उसलाई सधैँ काम गरिरहेको र घरमा नै बसिरहेको मात्रै देखेको छु ।’ स्थानीय बासिन्दा खालिद माजिदका अनुसार ‘उनी प्रायः मौन बस्ने मानिस थिए । उनी कहिल्यै झगडामा सामेल हुँदैनथे ।’ तर, एक छिमेकीले नाम नबताउने सर्तमा उनको धार्मिक झुकाव कुनै निश्चित समूहप्रति रहेको बताए । उनी स्थानीय मस्जिदमा हुने धार्मिक कार्यक्रममा सहभागी हुने गर्थे । मोहल्ला मुस्लिमाबादका बाबर हुसेन भन्छन्, ‘मलाई थाहा छैन कि उनी कुनै राजनीतिक वा धार्मिक संगठनसँग सम्बन्धित छन् । उनी साधारण मानिस थिए । आउँदा जाँदा अभिवादन गर्थे । ’अर्का एक व्यक्तिले स्थानीय पत्रकार अकील अहमद खान लोधीलाई भने, ‘आरोपी नाविद अहमदको घर नजिकै डैफोडिल्स स्कूल छ, जहाँ केही दिनअघि एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा संगीत पनि प्रयोग गरिएको थियो । यस विषयमा नाविद अहमदको शेख पाहवा र विद्यालय प्रशासनसँग बहस पनि भएको थियो ।’

    आक्रमणअघि कस्तो थियो व्यवहार ?

    के स्थानीयले बिहीबार वा बुधबार कुनै शंकास्पद गतिविधि देखे ? अभियुक्त नाविद अहमदका धेरै छिमेकीलाई ‘आरोपीले इमरान खानविरुद्ध बोलेको वा कुनै शंकास्पद व्यवहार देखाएका थिए ?’ भनेर सोधिएको थियो । तर सबैको एउटै जवाफ आयो – कसैले पनि उनलाई इमरान खान वा तेहरिक–ए–इन्साफको र्‍याली बारेमा बोलेको नसुनेको र कुनै संदिग्ध गतिविधिमा संलग्न भएको पाएनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑