वीरगंज । दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि विस्फोट गर्दा उछिट्टिएको ढुंगा लाग्दा नेपाली बालकको मृत्यु भएको छ । दार्चुलाका व्यास गाउँपालिका २ तम्पाकुका १२ वर्षीय पवन महराको मृत्यु भएको हो । उनको मृत्युबारे छानबिन सुरु भएको छ ।
छानबिन र राहतका लागि पहल गर्न स्थानीय प्रशासनले सुरु गरिसकेको बताइएको छ । प्रहरीले यो विषयमा छानबिन गर्ने बताएको छ । महाकालीपारी पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिको ढुंगा लागेर बालकको ज्यान गएको विषयमा स्थानीय प्रशासनले भारतीय पक्षलाई जानकारी गराउने भएको हो ।
हाकाली पारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ ।