वीरगंज । भारतको राजधानी नयाँदिल्लीमा तिहारका बेला वायु प्रदूषण फैलिएको छ । सोमवार बिहान आइतवारको तुलनामा बढेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीको औषत वायुको गुणस्तर सूचकांक २७६ गणना गरिएको छ, यो अत्यन्तै खराब अवस्था हो । निकटवर्ती शहर नोयडामा पनि वायु प्रदूषण देखिएको छ । मुख्य दीपावलीको दिन अझै बाँकी रहेकाले प्रदूषण अझै बढ्न सक्ने बताइएको छ ।
दीपावलीका बेला पटाका पड्काउने गरिएकाले प्रदूषण बढ्नेछ । धान चुटिसकेपछि परालमा आगो लगाउँदा समेत प्रदूषण बढ्ने विज्ञले जनाएका छन् ।