वीरगंज । भान्सामा नभई नहुने बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ। यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोग हुँदै आएको विश्वास गरिन्छ। आयुर्वेद र चिनियाँ औषधि विज्ञानमा बेसार संक्रमण निको पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ। आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ। तर पश्चिमी देशमा केही दशकयतामात्र बेसारको उपयोगिताबारे थाहा भएको हो। यसका फाइदाहरू निम्न छन्। क्यान्सर निको पार्छः बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ। यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो।
शक्तिशाली एन्टिअक्सिडेन्टः युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा पाइने शक्तिशाली एन्टिअक्सिडेन्ट तत्वले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्ने पत्ता लागेको हो। यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका अन्य विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्ने देखाएका छन्रोग प्रतिरोधीः बेसारमा लिपोपोलिसेच्चाराइड नामक तत्व हुन्छ। यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ। शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ। फंगल इन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ। शारीरिक सौन्दर्यमाः बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्र नभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ। यसले अनुहारमा अनावश्यक पत्र जम्न दिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ। यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसाएर पेष्ट बनाउनुपर्छ। अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ।
चाउरीमा: काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस्। यसलाई अनुहारमा लगाएर सुक्न दिनुपर्छ। दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ। मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखामुनि हुने कालो घेरा र चाउरी ठीक हुन्छ। उत्कृष्ट प्राकृतिक एन्टिबायोटिकः दुधमा बेसार मिसाएर पिउनाले छाला, पेट र शरीरका अन्य कैयौं रोग निको पार्न मद्दत गर्छ। दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ। बेसार र दुध दुवै गुणकारी हुन्छ। यी दुवैलाई एकसाथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ। गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ। दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रामा क्याल्सियमप्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ। यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ।