वीरगंज । भन्छन्, मायाले जात, उमेर, धन, सम्पति र सानो ठूलो केहि हेर्दैन् । यस्ता धेरै उदाहारण समाजमा देख्न पाइन्छ । अहिले एउटा यस्तै घटना बाहिर आएको छ ।काभ्रेको पाँचखालमा घर भएका शिव श्रेष्ठले आफु भन्दा ३ वर्ष जेठी युवती विवाह गरेका छन् । साढे ३ फिट उचाई भएकी मनिषा श्रेष्ठ २१ वर्षकी हुँदा शिव श्रेष्ठ भर्खर १८ बर्षका भएका छन् ।उनीहरु ‘मायाको लागि सफा मन चाहिन्छ’ भन्छन् । काठमाडौं, शंखमुल बस्दा कोठा नजिक भएका कारण उनीहरु प्रेममा परेका थिए ।
मनिषाले आफनै साथिमार्फत कुरा गर्न लगाएर माया जाल बनाइन् । त्यसपछि विवाह भएको हो । मनिसाका अनुसार बानी व्यवहार दुबैको राम्रो छ ।शिवको मलाई कपाल उनलाई धेरै मनपर्छ । ‘नरिसाउ न मालती’ बोलको म्युजिक भिडियोमा समेत अभिनय गरेकी मनिषा निकै हंसमुख अनुहारकी छिन् । उनी अहिले गुडिया बनाउने कम्पनीमा काम गर्दै आएकी छिन् । अर्कोतिर शिव रेष्टुरेन्टमा कुकको काम गर्छन् ।
आफ्ना साथिहरु र दाईहरुले तेरो जिन्दगी बिग्रिन्छ, किन त्यती सानो केटीसँग माया लगाउँछस् भनेको कुरा शिवलाई अहिले पनि स्मरण हुन्छ । तर उनले कसैको कुरालाई पनि वास्ता गरेनन् । माया गर्दै जाँदा कुरा विवाहसम्म पुगेको थियो । २ परिवार बसेर सल्लाह भएसँगै विवाह गरेको जानकारी गराए ।बाटोमा आफूलाई धेरैले मनिषाको दाई हो ? भनेर सोध्ने गरेको पनि उनले सम्झाए । श्रीमान–श्रीमती हौँ भनेर बताउँदा सोध्नेहरु पनि चकित हुन्छन् ।