वीरगंज । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन् । रुपन्देही क्षेत्र नम्बर १ का मतदाता रहेका उनीहरुले भैरहवामा पत्रकार सम्मेलन गर्दै आफूहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । नेकपा एमालेले त्यहाँबाट घनश्याम भुसाललाई उम्मेदवार नबनाएपछि उनीहरु पार्टीसँग रुष्ट बनेका हुन् । भुसालले एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।