वीरगंज । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले आफूलाई बलात्कारको धम्की आइरहेको र आफूले दिल्ली प्रहरीमा यसबारे उजुरी दिने बताएकी छिन् ।वास्तवमा स्वाती मालिवालले रियालिटी शो बिग बोस सिजन १६ मा निर्देशक साजिद खानलाई सहभागी बनाएको विरुद्धमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी थिइन् ।
पत्रमा उनले साजिद खानलाई शोबाट हटाउन माग गरेकी थिइन् । मालीवालले यो चिठी लेखेका कारण नै धम्की आइरहेको बताएकी छिन् । उनले ट्वीट गरेकी छिन्, ‘जबदेखि मैले साजिद खानलाई बिग बोसबाट बाहिर निकाल्न आईबी मन्त्रीलाई पत्र लेखेँ, तबदेखि मलाई इन्स्टाग्राममा बलात्कारको धम्की दिइँदै आएको छ ।
पक्कै पनि तिनीहरू हाम्रो काम रोक्न चाहन्छन् । म दिल्ली पुलिसलाई उजुरी दिन्छु, एफआईआर दर्ता गर्नुहोस् र अनुसन्धान गर्नुहोस्, यसका पछाडि रहेकाहरूलाई पक्राउ गर्नुहोस् ।