बारा । बाराको सिम्रौनगढबाट प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित एक भारतीयलाइ पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुरबाट प्रहरीले ८ लाख ९५ हजार रुर्पया नेपादी नोट सहित एक भारतीय युवकलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पिपराकोठी थाना घर भएका २५ बर्षिय रन्जित कुमार मुखीया रहेका छन् ।
उनको साथबाट नेपाली १ हजार दरका ८ सय ९५ थान नक्कली नोट बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।बोगटीका अुसार , जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक प्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा सवार भइ नेपाल आइरहेका मुखीयालाइ कनकपुरमा रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको हो ।
नेपाली नक्कली नोट सहित पक्राउ परेका मुखीयालाइ इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।