पेशागत हक हितका लागि पर्सेली पत्रकारहरु प्रजिअलाई ज्ञापन पत्र बुझाउने
वीरगंज संजाल
१ मंसिर २०७६, आईतवार ०९:५५
४९६५
वीरगन्ज | पर्साका संचारकर्मी तथा पत्रकारहरुले पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको काम कारवाही पर्सा जिल्ला हुलाक कार्यालयबाट हुनु पर्ने बिषयमा वीरगन्जमा वृहत छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पर्साका सभापति श्याम बन्जाराकको अध्यक्षतामा सम्पन्न भएको अन्तक्रिया तथा छलफल कार्यक्रमका पत्रकारिता गर्ने क्रममा पत्रकारको तर्फबाट हुने गरेको कमी कमजोरीको बिषयमा पनि छलफल भएको थियो । पर्साका संचारकर्मी तथा पत्रकारको उल्लेनिय सहभागीतामा सम्पन्न भएको कार्यक्रममा लोक कल्याणकारी बिज्ञापनको भुक्तानी लगायतका अन्य काम कारवाही जिल्ला हुलाक कार्यालय मार्फत हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।
छलफलमा आइतवार पर्साको प्रमुख जिल्ला अधिकारीलाई आफ्ना मागहरु राखी ज्ञापन पत्र बुझाउँँने निर्णय भएको हो । साथै छलफलमा पत्र पत्रिकाको सेवा सुविधा तथा विज्ञापन लगायतको बिषयमा बिभिन्न कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरुसँग छलफल गर्ने समेत पत्रकारहरु सहमत भएका छन् ।
बर्गिकरणमा परेका पत्रिकाहरु बुझाउन जनकपुर जानुपर्ने र त्याँहा जाँदा पनि समयमा काम नहुने भन्दै सम्बन्धित जिल्ला हुलाकबाटै पत्रिकाको अभिलेख बुझाउने लगायतका काम सन्चालन गर्न दवाव दिने दिनका लागि पत्रकार महासंघ पर्सा अगाडी बढेको हो । छलफलमा अग्रज पत्रकारहरुले पत्रकारिता गम्भिर पेशा गम्भीर रहेकोले सो अनुसारको अचरण पनि बनाउँनु पर्ने धारण राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीका,आरके पटेल,प्रताप श्रेष्ठ,मनोज पटेल, लगायतका आ–आफ्ना धारण राखेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ पर्साका सचिब युवराज खड्काले गरेका थिए ।