वीरगंज । लगातारको वर्षाका कारण देशका विभिन्न खोला तथा नदीमा पानीको सतक खतराको तह भन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ ।
पानीको सतह अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाले बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै बाँके, दांग, प्यूठान, पाल्पा, स्यांग्जा, तनहुँ, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, कपिलवस्तु, अर्घाखाँचीसहितका जिल्ला भएर बग्ने साना नदीमा आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।