• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झिझियामा छमछमी

  • वीरगंज संजाल
  • १९ आश्विन २०७९, बुधबार ०८:२९
  • २६२५

    धनुषा — तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनेलियै हो
    ब्रह्मबाबा झिझिया पर होइयो ना सबार…
    (तिम्रै लागि ब्रह्मबाबा झिझिया बनायौ । अब झिझियामा हुनु सवार)
    प्वालैप्वाल पारिएको माटोको घैंटोमा दियो बलिरहन्छ । घैंटोमाथि आगोको ज्वाला दन्किरहन्छ । त्यही घैंटो टाउकोमा बोकेर फनफनी नाचेर झिझिया नृत्य अहिले हरेक साँझ जनकपुरमा नाचिन्छ ।

    दसैंका बेला जनकपुरको शक्तिपीठमा झिझिया नृत्य हेर्नेको भीड लाग्छ । लोकगीतमा महिला समूह मुग्ध भएर नाच्छन् ।

    विजया दशमीको सुरुवातसँगै मधेसमा झिझिया नृत्यको आरम्भ हुन्छ । सुरिलो स्वरमा गाइने झिझिया गीतले मधेसमा चाडपर्वको रौनकता बढाएको छ । जनकपुरको शक्तिपीठमा दलित महिलाको समूहले राति झिझिया नाच्ने गर्छन् । पुरानो धुन लोकशैलीका गीतबाट महिलाले बोक्सीलाई गाली गर्दै ताान्त्रिक नृत्य झिझिया नाच दसैंको रमझमसँगै जनकपुरसहित मधेसमा सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरका मुसहर समुदायका महिला, वृद्ध, बालबालिकालाई दसै सुरु भएयता भ्याइनभ्याइ छ । समयमै काम सकाएर साँझ खाना खाएर सबै भेला भएर झिझिया नाच्न चटारो हुन्छ । ढोलक, झ्यालीसहितका टोलीहरू जनकपुरको रमानन्द चोक, देवी चोक, रजौल, मुरली चोक, भ्रमरपुरा चोकमा झिझिया नाच्छन् ।

    सभा–समारोहमा सीमित झिझिया नृत्य लोप हुन लागेको छ । तर, दसैंका बेला दलित महिलाले यसलाई जीवन्त राखेका छन् । जनकपुरसहित आसपासका दलित महिला, वृद्धाले झिझियाको संरक्षण गरेका छन् । दसैंको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा ताान्त्रिक नृत्य झिझिया हो । विशुद्ध तान्त्रिक विधिमा आधारित झिझिया नृत्य हेर्न दर्शक पनि लय र तालको मधुर नृत्यमा झुम्छन् भने राति महिलाले सुरिलो भाकामा गाउने दोहोरी गीतको माधुर्यले झन् रौनक बढाउँछ । मधेसको सांस्कृतिक झलक प्रदर्शन गर्ने झिझिया नृत्यको मौलिकताले विशेष महत्त्व राख्छ ।

    ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिन्छ । झिझियामा दलित महिलाको बढी सहभागिता हुन्छ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्र प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा घैंटोमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् । मधेसमा व्याप्त बोक्सीप्रति तिखो व्यंग गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गीत गाउँदै परिक्रमा गर्छन् र घरघर डुल्छन् । झिझिया नाच्ने घरमा आउँदा घरधनीले मट्टीतेल र रकम दिने परम्परा छ ।

    गीत गाउँदै र नृत्य गर्दै महिला छमछमी नाचिरहेको दृश्य हेर्दा सबैलाई एकछिन स्तब्ध तुल्याइदिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भए ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने गरिन्छ ।

    झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । सामूहिक एकतालाई सबल तुल्याउने झिझिया नृत्यलाई सबैले बचाउने प्रयास गर्नु अपरिहार्य रहेको जनकपुरका बुद्धिजीवी नवलकिशोर शरण बताउँछन् । झिझिया तन्त्रमन्त्रमा आधारित योगनी नृत्य भए पनि पछिल्लो समय जनकपुरमा झिझिया खेलमा परिणत भएर व्यापारमा परिणत भएको उनी बताउँछन् । आस्था र विश्वास, तन्त्रमन्त्र, भावना र संस्कृतिसँग झिझिया जोडिएको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑