जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन धनुषा प्रशासनले इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाइमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो।
चुनावलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। निर्धारित समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा जारी सूचनामा उल्लेख छ।