वीरगंज । साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिस`हरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिका|हरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् । त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ ।
यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ । अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ । ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी बालक निकै दुखी भए ।
इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला किचे`पछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे । यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समा|चार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।