• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा सचिवलाई चुरोटको लत लागेपछि सामाजिक सञ्जालमा भाइरल..

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १५:२७
  • १४४५

    वीरगंज । यतिवेला एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यालय समयमा आफ्नो कुर्सीमा आसिन वडा सचिव एक सुरमा चुरोटको आनन्द लिइरहेका छन् । चुरोट यसरी तान्दै छन् कि मानौं उनी एक स्वाट्टमा नै चुरोट सक्काउने प्रतिस्पर्धामा छन् । अगाडिपट्टि कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा देखिन्छ । अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन् । जसले उक्त फोटो खिचेका थिए । यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो । जयपृथ्वी नगरपालिका वडा नं १ सदरमुकाम चैनपुरदेखि १४ किलोमिटर उत्तरपूर्वमा पर्छ । गाउँमा वडाको सुविधा सम्पन्न वडा कार्यालय पनि छ । तर, कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो सहजताका लागि चैनपुरमा नै सम्पर्क कार्यालय बनाएर बसिरहेका छन् ।

    बैठक तथा भेलाको समयमा बाहेक अधिकांश समयमा यस वडाका जनप्रतिनिधि र कर्मचारीहरु चैनपुरमा नै बसेर काम गर्ने गरेको कैलाशका स्थानीयहरुको भनाइ छ । ‘गाउँमा रहेको वडा कार्यालयमा जाँदा कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी र जनप्रतिनिधि भेटिँदैनन् । जनप्रतिनिधि र अन्य कर्मचारीलाई भेट्टाउन चैनपुर नै पुग्नुपर्छ’, एकजना स्थानीयले बताए । सदरमुकाम चैनपुरमा भएको सम्पर्क वडा कार्यालय वडा सचिव अजयबहादुर सिंहको घरमा राखिएको छ । सचिव सिंहको घरको एउटा कोठालाई सम्पर्क वडा कार्यालय बनाइएको छ । जहाँ सचिव सिंहले चुरोट उडाउँदै थिए । सिंहले कार्यालय समयमा नै चुरोट पिएको तस्वीर सार्वजनिक भएपछि उनी गल्तीको आत्मालोचना गर्नुको साटो आक्रोशमा उत्रिएका छन् । उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एकजना युवालाई तथानाम गालीसमेत गरेका छन् । ‘म नेपाल सरकारको जागिरे मान्छे हो…..’ भन्दै उनले अपाच्य शब्दको प्रयोग गर्दै गाली गरेका छन् । त्यतिमात्रै होइन उनी वडा कार्यालयको सचिव भएको र चुरोट खाँदै गरेको फोटो खिच्ने व्यक्तिलाई समेत अपाच्य शब्द प्रयोग गर्दै गाली गर्नसमेत भ्याए । उनले साँझ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने व्यक्तिलाई गाली दिएपछि उनले उक्त भिडियो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । वडा सचिव तिनै व्यक्ति हुन्, जसमाथि कीर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

    त्यसैगरी सरकारी सम्पत्तिको दुरुपयोग, मालिका हाते कागजमा ब्रह्मलुट मच्चाएकोलगायतका आरोप सिंहमाथि यसअघि लाग्दै आएका थिए । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूमपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु. १०० जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सरकारी वा सार्वजनिक जवाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजायसमेत हुनसक्ने ऐनमा व्यवस्था छ । यता जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज वजालले भने यो विषय आफूलाई जानकारी नभएको बताएका छन् । उनले नगरपालिकामा कुनै जानकारी नभएको र कार्यालयमा नै सरकारी सेवामा आसिन भएको व्यक्तिले धूमपान तथा मद्यपान सेवन गर्नु गलत भएको कारण यस विषयमा आफूले छानबिन गर्ने मेयर बजालले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑