वीरगंज । बांग्लादेशमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।आइतबार पञ्चगढ जिल्लाको उत्तरी भेगका करोतया नदीमा डुंगा पल्टिँदा ५० जनाको मृत्यु भएको हो ।
त्यस्तै करिब ४० जना हराइरहेको बांग्लादेशी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २५ जना महिलासहित १२ जना बालबालिका र १२ जना पुरुष रहेको बताइएको छ ।
बोडेश्वरी मन्दिरमा महालय पूजामा सहभागी भएर फर्किने क्रममा डुंगा पल्टिएको ढाका ट्रिब्युनले जनाएको छ ।