दाङ । दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका शालिकराक वलीको मृत्यु भएको छ।
रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका- ४ निवासी ५९ वर्षका शालिकराम वलीको गएराति साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।