• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माओवादीले हत्या गरेका हिन्दु सहिद काशी तिवारीकाे शालिक वीरगन्जमा निर्माण

  • वीरगंज संजाल
  • ९ आश्विन २०७९, आईतवार १२:५८
  • ३६०९

    वीरगंज । तत्कालिन हिन्दू युवा संघका अध्यक्ष स्वर्गिय काशी तिवारीको १२ बर्षपछि शालिक निर्माण गरि अनावरण गरिएको छ । विश्व हिन्दू परिषद नेपालले वीरगन्ज १० अशाेकवाटीका स्थित शिवपार्वती मठ अगाडी निर्माण गरेकाे स्वर्गिय तिवारीको शालिक शनिबार अनावरण गरिएको हो ।अनन्त श्रीविभूषित स्वामी धतुर्भुजाचार्य चुडामणिजी महाराजले स्वर्गिय तिवारीको शालिकको अनावरण गरेका हुन् । शालिक अनावरण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धर्तुर्भुजाचार्य चुडामणिजीले विश्व हिन्दू परिषले धर्म, संस्कृति र राष्ट्रको रक्षाको निम्ती बलिदानी दिएका स्वर्गिय काशी तिवारीलाई उचित मुल्यांकन गरी सम्मान गरेकोमा आफू पनि गाैरवान्वित भएको बताए । उनले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँनेलाई मात्र सहयोग गर्नुपर्ने र हिन्दू विरोधीहरुलाई समाजबाट नै बहिष्कार गर्न सुझाव समेत दिए । हामी हिन्दूहरु राष्ट्रको गौरव र देशको सम्मान र सत्रुको लागि मरिमेट्नु पर्छ, उनले भने, ‘ महाभारतको युद्धमा अर्जुन पन्चपाण्डेले धर्म रक्षा र न्यायको रक्षाको लागि लडेका थिए ,जसमा अर्जुनले आफनो विर योद्धाहरुको बलिदानी दिएका थिए ।’ वीरर सपुत काशी तिवारी जस्तो महान योद्धालाई आहुती दिएर राष्ट्र, धर्म संस्कृति निर्माणको अभियान शुरु भएको पनि उनले बताए ।

    वीरगन्जबाट नै देशलाई पुन हिन्दू राष्ट्र कायम गराएर नयाँ इतिहास बनाउने विश्वास आफुले लिएकाे उनले बताए । देशमा परिर्वतनको शुरुवात भईसकेको छ, उनले भने, ‘ हिन्दू धर्म विरोधी नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई संसद बाहिर लखेट्नु पर्छ , हिन्दू र राष्ट्र विरोधी नेताहरुको खुलेर विरोध गर्नुपर्छ । कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका महासविच जितेन्द्र कुमार सिंहले हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लागेको स्वर्गिय काशी तिवारीले पुरयाएको योगदानको बारेमा चर्चा गर्दै तिवारीले हिन्दू राष्ट्र पुनस्थापनाको निम्ती दिएको बलिदानी खेर जान नदिने प्रतिबद्धता जनाए उनले देशको सम्पूर्ण हिन्दू समाज एकजुट हुने बेला आएको बताए । उनले भने, ‘ विश्व हिन्दू परिषद नेपाल समग्र हिन्दू समाजको संगठन हो, यसले ३२ राष्ट्रका हिन्दू समाजको आवाजलाई बुलन्द गर्ने काम गर्छ । अहिले पनि नेपाल बहुसंख्यक हिन्दूको देश हुदाँ पनि हिन्दू समाज एकजुट हुन नसक्दा गैरहिन्दूहरु हिन्दूमाथि नै हाबी भईरहेकाे भन्दै उनले सम्पूर्ण हिन्दू समाज एकजुट भएर हिन्दू धर्म संस्कृतिको रक्षा सहित हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लाग्नु पर्नेमा जाेड दिए उनले ।

    वरिष्ठ समाजसेवी एवं उद्योगपति अशोक बैद्यले नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र रहिरहने बताए । विगतमा राजनितिक व्यक्तिहरुले आफनो स्वार्थका लागि नेपाललाई जबरजस्ती धर्मनिरपेक्षता लादेको आरोप उनले लगाए । राजनितिक दलले जनताको मत विना नै ल्याएको धर्मनिरपेक्षता हिन्दू समाजलाई कुनैपनि हालतमा मान्य नहुने उनले बताए । उनले भने, ‘ धर्मनिरपेक्षताको लागि देशमा कुनै आन्दोलन भएको होईन, नेताहरुले जबरजस्ती धर्मनिरपेक्षता लादेका हुन्, हिन्दू संगठित भएमात्र हिन्दू राष्ट्र पुन कायम गराउँन सकिन्छ, त्यसैले सम्पूर्ण हिन्दू समाज श्री रामको आवाजको साथमा अगाडी बढ्नु पर्छ । वीरगन्ज १० का पूर्व वडा अध्यक्ष राम नगिना साह कानुको अध्यक्षतामा आयोजित शालीक अनावरण कार्यक्रममा शिवपार्वती धर्मशालाका अध्यक्ष प्रमानन्द साह, स्वर्गिय काशी तिवारीकी पत्नी बबिता तिवारी लगायतको सहभागिता रहेको थियो । स्वर्गिय तिवारीको २०६७ असार १२ गते शिवपार्बती मठमै नेकपा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑