• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैँमा सुरक्षित यात्रा

  • वीरगंज संजाल
  • ७ आश्विन २०७९, शुक्रबार १२:१०
  • १२७३

    वीरगंज । व्यवसाय, रोजगारी, अध्ययनलगायत उद्देश्यसहित देशभरका लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंमा बसोवास गर्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठूला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँगै चाडपर्व मनाउन गृहजिल्ला जाने गर्छन् ।विशेषगरी दसैँमा यस्तो प्रचलन बढी हुन्छ । फलस्वरूप यसवेला यातायातमा समेत ठूलो चाप पर्छ । यसपालिको दसैँ १९ असोजमा छ । १० असोजमा घटस्थापनासँगै दसैँ सुरु हुनेछ । र, सोही दिनदेखि नै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थाल्छ । घटस्थापनाको दिन सार्वजनिक बिदा दिइएको छ । अधिकांश शैक्षिक संस्था (विद्यालय, कलेज) पनि सोही दिनदेखि नै बन्द हुन्छ । त्यसपछि विद्यार्थी काठमाडौं उपत्यकाबाट बाहिरिन थाल्छन् । यस्तै, फूलपातीबाट दसैँलक्षित सार्वजनिक बिदा सुरु हुन्छ । त्यस दिनदेखि भने रोजगारी, व्यवसाय गर्ने व्यक्ति बाहिरिन थाल्छन् । साथै, वैदेशिक रोजगारीबाट आएका पनि काठमाडौंबाटै घर फर्कनुपर्छ । यसरी यात्रुको चाप बढ्दा अघिपछिभन्दा दसैँका वेला गरिने यात्रा असामान्य तथा जोखिमपूर्ण हुन्छ । साथै, सवारी दुर्घटना बढी हुने गरेको देखिन्छ । यात्रुको चाप बढी हुने, गाडीले क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी ट्रिप गर्न उच्च गतिमा गाडी चलाउने तथा गुणस्तरीय सडक नहुँदा दुर्घटनाको सम्भावना बढी हुन्छ । त्यो अवस्थामा सुरक्षाको विषयलाई ध्यान दिएर मात्रै यात्रा गर्नुपर्ने विज्ञहरू बताउँछन् । सडकको अवस्था, सवारीचालकको बानी–व्यहोरा, सवारीसाधनको प्राविधिक अवस्थाजस्ता आधारभूत पक्ष विश्लेषण गरेर यात्रा सुरु गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

    रुट पर्मिट खुला, सवारी अुगमनमा कडाइ
    दसैँको समयमा सवारी आवगमन उच्च मात्रामा हुने गर्छ । फलस्वरूप सडक जाम हुनेलगायत समस्या पनि देखिन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै ठूला सवारीसाधनलाई १५ असोजदेखि २२ असोजसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाइनेछ । त्यस अवधिमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने ठूला सवारीसाधन मात्रै सञ्चालन गर्न दिने यातायात व्यवस्था विभागले निर्णय गरिसकेको छ । यसैगरी घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनको रुट पर्मिट नेपालभर लागू हुने गरी खुला गरिनेछ । फलस्वरूप यात्रुको चापलाई कम गर्न सहयोग पुग्ने बताइएको छ । यसैगरी सवारीसाधानलाई क्षमताभन्दा बढी यात्रु बोक्न नदिने गरी नेपाल प्रहरीले प्रभावकारी अनुगमन गर्नेछ । साथै, दुई सय ५० किलोमिटरभन्दा बढी यात्रा गर्ने सवारीसाधनमा अनिवार्य दुईजना चालक हुनुपर्ने व्यवस्था गरिएको छ । दसैँमा हुने ठगी, सवारी दुर्घटनालगायत पक्षलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यलयलाई १९ बुँदे परिपत्र आन्तरिक रूपमा जारी गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

    राजमार्गको मर्मत
    बर्सातको सिजन सकिएसँगै नेपालमा दसैँको माहोल सुरु हुन्छ । तर, बर्खाका कारण बिग्रिएको सडकले गर्दा दसैँको यातायात भने अप्ठ्यारो हुने गर्छ । साथै, दुर्घटनासमेत उच्च मात्रामा हुने गर्छ । सोही विषयलाई दृष्टिगत गर्दै सडक विभागले हेरक वर्ष वार्षिक कार्यक्रमकै रूपमा दसैँ–तिहारमा हुने यातायातको चापलाई लक्षित गरे सडक मर्मत गर्दैै आएको छ, जुन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । भदौको अन्तिम साताबाट देशभरका राजमार्ग मर्मत गर्न सुरु गरिएको उनको भनाइ छ । ‘तर, यस वर्ष दसैँ अलि छिट्टै छ । अझै मनसुन रोकिएको छैन, फलस्वरूप सडक मर्मतको काम राम्रोसँग गर्न सकिएकोे छैन,’ उनले भने, ‘यद्यपि, घटस्थापनासम्म हामीले सहज रूपमा यातायात गर्न मिल्ने गरि सडक मर्मत गर्छाैँ ।’

    टिकट बुकिङ खुला, झन्डै तीन सय गाडी थप
    यस वर्ष दसैँमा २० लाखभन्दा बढी मानिस काठमाडौंबाट बाहिरिने यातायात व्यवसायीको अनुमान छ । यस्ता विषयलाई लक्षित गरेर व्यवसायीले १ असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङको व्यवस्था गरेका हुन् । साथै, टिकट बुकिङकै आधारमा गाडी व्यवस्थापन गरिने व्यवसायीहरूको भनाइ छ । दसैँका वेला गाडी व्यवस्थापन गर्न चाप पर्ने रुटको गाडी (काठमाडौंबाहिर समेत चल्ने) चाप बढी पर्ने रुटमा हाल्ने तयारी व्यवसायीको छ । जुन रुटमा यात्रुको चाप हुँदैन, त्यस रुटको गाडी लिएर यात्रुको चाप हुने ठाउँमा सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यसअघि दसैँका वेला यातायात कम्पनीले आठ सय संख्याको हाराहारीमा नयाँ गाडी थप्दै आएका थिए । तर, पछिल्लो दुई वर्ष कोरोनाका कारण व्यवसायीहरूले त्यति नयाँ गाडी थपेनन् । यसपालि पनि तरलता अभाव, महँगीलगायत कारण नयाँ गाडी थप्न समस्या थियो । त्यसका बाबजुद पनि नयाँ गाडी थपिएको स्वाँरको भनाइ छ । दसैँमा नयाँ बसपार्कबाट मात्रै दैनिक १५ सय बस बाहिरिन्छन् । नागढुंगा नाकाबाट दैनिक ३५ सय सार्वजनिक गाडी बाहिरिन्छ । त्यसबाहेक चोभार, साँगा नाकाबाट पनि धेरै गाडी बाहिरिन्छन् । समग्रमा दसैँका वेला दैनिक पाँच हजार गाडी बाहिरिने गर्छन् ।

    टिकट पाउनै गाह्रो
    व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरे पनि यात्रुले भने टिकट पाउन सकेका छैनन् । अनलाइनबाट टिकट बुकिङ गर्ने भनिए पनि त्यो प्रभावकारी नभएको देखिएको छ । काठमाडौं थापागाउँमा बस्दै आएका अर्घाखाँचीका विकास देवकोटाले अझै गाडीको टिकट पाउन सकेका छैनन् । यस्तै, नयाँ बानेश्वर बस्ने बाग्लुङका सुनील सुनारले पनि टिकट पाउन नसकेको बताए । टिकट काट्ने भनेर काउन्टरसम्म गए पनि गाडी छैन भनेर फर्काएको उनीहरूको भनाइ छ । साथै, अनलाइनमार्फत टिकट बुकिङ गर्न नसकिएको उनीहरूले बताए ।

    तर, यात्राका लागि छैन सही बाटो
    तर, यस वर्ष सवारी आवागमनका लागि राष्ट्रिय राजमार्गकै अवस्था भने नाजुक छ । बर्सातले यसपालि सडक नमज्जाले प्रभावित भएका छन् । तर, मनसुन नसकिएका कारण त्यस्ता सडक राम्रोसँग मर्मत गर्न सकिएको छैन । यस्तै, नागढुंगा सुरुङ निर्माणका कारण त्यस परिसरमा प्रायः जाम हुने गरेको छ । यसैगरी मुग्लिन–नारायणगढ सडक पनि पहिरोलगायत कारण पटक–पटक जाम हुने गरेको छ । यसका अलावा नारायणगढ–बुटवल सडक (११५ किलोमिटर) खण्ड निर्माणाधीन चरणमा छ, त्यस सडकखण्डमा अझै खाल्टाखुल्टी छन्, सडक पिच गरिसकिएको छैन । यसका अलावा दमौली–पोखरा खण्डको कोत्रेमा पनि सडकको स्थिति राम्रो छैन । साथै, तराईको अमलेसगन्जदेखि पूर्वको कोसी ब्यारेजसम्मको सडक पनि त्यति राम्रो छैन । फलस्वरूप दसैँमा समयमै राम्रो सेवा दिन चुनौती हुने अध्यक्ष स्वाँर बताउँछन् । ‘दसैँमा राम्रो सेवा दिन तयारी छौँ । तर, केही सडकको अवस्था यस्तो नाजुक छ कि यातायात गर्ने समयमै लम्बिन्छजस्तो छ ।

    यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन प्रतिबद्ध छौँ
    विजयबहादुर स्वाँर अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
    दसैँमा हुने यात्रुको चापलाई लक्षित गरेर झन्डै तीन सय नयाँ गाडी थपिएको छ । सरकारले घटस्थापनादेखि गाडीको परमिटलाई देशभर खुला गरेको छ । त्यो अवस्थामा हामीले कम चाप हुने रुटको गाडी लिएर बढी चाप हुने रुटमा चलाउन सक्छौँ । समग्रमा हामी दसैँ मनाउन जाने यात्रुलाई गन्तव्यसम्म पु¥याउन प्रतिबद्ध छौँ ।

    घटस्थापनासम्म सडक मर्मत भइसक्छ
    भीमार्जुज अधिकारी प्रवक्ता, सडक विभाग
    दसैँमा हुने सवारी आवागमनलाई लक्षित गरेर भदौको अन्तिम साताबाट सडक मर्मत गर्न सुरु गरेका छौँ । तर, मनसुन नरोकिएका कारण सडक मर्मत गर्न चुनौती भएको छ । यद्यपि, हामी कुनै पनि हालतमा दसैँको आवागमन सहज बनाउन सडकलाई तयारी अवस्थामा राख्छौँ । साथै, पहिरो जाने तथा जाम हुने सम्भावित ठाउँमा डोजर तथा क्रेनजस्ता साधनलाई पनि तयारी अवस्थामा राख्छौँ ।

    क्षमताभन्दा बढी यात्रु बोक्न दिँदैनौँ
    टेकप्रसाद राई प्रवक्ता, नेपाल प्रहरी
    दसैँको समयमा गाडीहरूले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् । त्यसलाई नियन्त्रण गर्न प्रहरी तयारी अवस्थामा छ । यसका लागि आवश्यक तयारी गर्न जिल्ला प्रहरी कार्यालयलाई आन्तरिक रूपमा निर्देशन जारी भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑