हङकङ । हङकङको संस्थापन पक्षका विधायक जुनियस हो क्वानलाई बुधबार चक्कु आक्रमण हुँदा उनीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार सो घटना स्थानीय रिचल्याण्ड गार्डेनमा भएको थियो ।
स्थानीय समय अनुसार बिहान ८ः४४ बजे सो घटना भएको हो । उनी आगामी डिस्ट्रिक्ट काउन्सिल चुनावको लागि अभियान गर्न सो स्थानमा गएको बताइएको छ ।
तीनै जनालाई स्थानीय त्वेन मुन अस्पतालमा उपचारका लागि लगिएको छ । हङकङमा केही समय यता चक्कु आक्रमणका घटना बढ्दै गइरहेका छन् । (एजेन्सी)