• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

  • वीरगंज संजाल
  • १८ असार २०७९, शनिबार १३:२८
  • २२६१

    वीरगंज । वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् ।

    ‘तीन सदस्य हेड क्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको अधिकार एकलौटी रूपमा लिएको लगायत विषयमा असन्तुष्ट रहँदै आएका भट्टराईमाथि भौगोलिक रूपमा आफ्नो पकड क्षेत्र वीरगन्जमा बैठक बोलाएर यादवले उनीमाथि दबाब बढाएका हुन् । ‘तीन सदस्यीय हेड क्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्त्वपूर्ण निर्णय लिनु पर्ने यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकअनुसार कार्य नगरेको भन्दै असन्तुष्ट रहेका भट्टराईलाई थप दबाबमा राख्न सो स्थान रोजिएको यादव निकट एक नेताले बताए ।

    ‘भौगोलिक रूपमा आफ्नो पकड क्षेत्र वीरगन्जमा बैठक आह्वान गरेर सुरुमा नै भट्टराई पक्षधरलाई मनोवैज्ञानिक रूपमा कमजोर पार्ने र त्यस बैठकमा भट्टराई अनुपस्थित भए एकलौटी निर्णय लिएर अघि बढ्ने उद्देश्यका साथ बैठक बोलाएको देखिन्छ,’ एक कार्यकारिणी सदस्यले भने, ‘सकेसम्म त वीरगन्ज बैठकमा भट्टराई नआउन् र भट्टराई नआएको बैठकबाट आफू अनुकूलको निर्णय गराउन सकियोस् भन्ने अन्तरेका साथ अध्यक्ष यादव अघि बढेको देखिन्छ ।’उनका अनुसार वीरगन्ज बैठकमा भट्टराईको अनुपस्थिति देखाउँदै यादवले मन्त्रीमण्डल हेरफेरलगायत कार्यकारी अधिकार प्रयोग गर्न वैधानिक रूपमा बाटो खुल्ला भएको घोषणा गर्ने छन् । यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार कुनै पनि महत्त्वपूर्ण निर्णय लिँदा तीन सदस्यीय ‘हेड क्वाटर’ अर्थात् भट्टराई, यादवसहित अशोक राईको सहमतिअनुसार हुने भनिए पनि यसै साता मन्त्रीमण्डल सिफारिस गर्ने सो अधिकार यादवले लिएको सार्वजनिक भएसँगै पार्टी थप आन्तरिक विवादमा फसेको छ ।

    उता, केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले आगामी २७–२८ असारमा कार्यकारिणी समिति बैठक वीरगन्जमा आह्वान गरेको सार्वजनिक गरे पनि बैठकका बारेमा भट्टराईसहित उनी निकट नेताले अझै खबर पाएका छैनन् । यादव निकट नेता मनिष सुमनले पार्टी कार्यालयबाट बैठकका बारेमा इमेलमार्फत खबर पाएको बताए पनि भट्टराई निकट अर्की नेतृ अमृता अग्रहरीले भने कुनै खबर नपाएको बताइन । ‘मैले मिडियामार्फत खबर पाएको हुँ, अहिलेसम्म औपचारिक रूपमा वीरगन्ज बैठकका बारेमा कुनै खबर आएको छैन,’ अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले आजकाल कसैलाई खबर गर्ने कसैलाई नगर्ने गर्दै आउनु भएको छ, सायद अहिले हामीलाई पनि खबर नदिएको होला ।’तर, यादव निकट नेताहरूले भने इमेलमार्फत खबर प्राप्त गरिसकेका छन् । ‘वीरगन्ज बैठकका बारेमा हामीलाई त खबर आएको छ, केहीलाई अझै नपुगेको भन्ने सुनियो, अब बिस्तारै जाला,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑