रतनपुरी सबडिभिजन वन कार्यालयबाटै मुद्दाका फाइल चोरी, वन अध्यक्ष थापा र घलान प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
२० कार्तिक २०७६, बुधबार ०८:४७
४३२९
प्रस | जगढ नगरपालिका–११ रतनपुरीस्थित सबडिभिजन वन कार्यालयमा रहेको मुद्दाका फाइल चोरी भएको छ । घटनाको आशङ्कामा सोही ठाउँका दिलबहादुर थापा र सूर्य घलानलाई वन कर्मचारीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।प्रहरी नियन्त्रणमा परेका थापा स्थानीय तपोभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन् भने घलान उपभोक्ता हुन् ।
वन कार्यालयको दराज फोडी १२ थान फाइल झिके पनि दुई थान त्यही छाडेको र १० थान फाइलमध्ये ५ थान मुद्दाका फाइल अभैmसम्म फेला परेको छैन् । तीन/चार वर्षअघि वन मुद्दाको अभियोग लागेका फाइलहरू छानीछानी नजीकैको वन क्षेत्रमा लगी फालिएको अवस्थामा शुक्रवार फेला परेको थियो ।स्थानीय तपोभूमि सामुदायिक उपभोक्ता वन समूहका अध्यक्ष दिलबहादुर थापा, सोही ठाउँका सूर्य घलान, अर्जुन तितुङ्ग, सोमबहादुर स्याङ्तान र निनपा–१३ का रामबहादुर मोक्तानको नाउँमा रहेको वन मुद्दाको फाइल वन कार्यालयको पछाडितर्पmको भ्mयाल फोडी यही कात्तिक १४ गते बिहीवार राति बेपक्ता पारिएको थियो ।
वन मुद्दा लागेका वन अध्यक्ष थापा र घलानबाहेक अन्य व्यक्ति भने मुद्दा लागेको केही समयपछि अहिलेसम्म गाउँमा नदेखिएको रतनपुरीका वन कर्मचारीले बताए ।दराजमा अन्य प्रकृतिका फाइलहरू रहे पनि छानीछानी वन मुद्दा लागेका ती पाँचैजनाको मात्र फाइल चोरी भएपछि वन कर्मचारी र प्रहरीले वन अध्यक्ष थापा र घलानलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । सोधपुछका क्रममा वन अध्यक्ष थापाले चोरी भएका कागजात नजीकैको वनजङ्गलमा भेटिन सक्छ कि भन्दै घटनास्थलतर्पm लगेको र खोज्नेक्रममा पाँचवटा फाइल जङ्गलमा फालिएको अवस्थामा फेला परेपछि उनीमाथि झनै शङ्का उब्जिएपछि अध्यक्ष थापा र घलानलाई रतनपुरी प्रहरीले नियन्त्रणमा लिएको रतनपुरी सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख एवं रेन्जर सिकेन्द्रप्रसाद चौधरीले बताए ।
“दराजमा अन्य कागजात, लत्ताकपडा पनि थिए । तर ती पाँचजना मात्रैको मुद्दाका फाइलहरू चोरी गरी गायब बनाएको पाइयो,” रेन्जर चौधरीले भने ।इप्रका निजगढको नियन्त्रणमा रहेका अध्यक्ष थापा र घलानलाई आइतवार बिहान आफन्त र वडाध्यक्षको रोहबरमा वन कार्यालयले चाहेको बखत उपस्थित गराउने शर्तमा छाडिएको इप्रका निजगढका प्रहरी नायब निरीक्षक विजय दास बानियाले बताए ।