बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहा रेन्ज बस्ने अन्दाजी वर्ष ३० को हरिन्द्र दास थारुकाे चट्याङ लागेर मृत्यु भएको छ ।
आज दिउसो ३:३० बजेमा खेतमा कोदालो चलाइरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभएको छ ।
प्रहरी निरीक्षक आचार्यको नेतृत्वमा घटनाको स्थलगत मुचुलका गरि शव पोस्टमाडमको लागि नारायणी अस्पताल बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।