वीरगन्ज । सरकारले अन्तर्राष्ट्रिय व्यापारमा भरलपर्दाे सूचना प्राप्त विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स’को उपयोग गर्ने घोषाण गरेको छ । संघीय संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आपूर्ति श्रृङ्खला सुधार, अर्थतन्त्रमा बाह्य प्रभाव कम र औद्योगिक उत्पादनको बजार पहुँचका लागि विद्युतीय व्यापार प्रणालीको उपायोग गर्ने बताइन् ।
यस्तै नेपाली उत्पादनलाई अवान्छित प्रतिस्पर्धाबाट जोगाउन ‘सेफ गार्ड’, ‘एन्टी डम्पिङ’ र काउन्टर भ्यालिङसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने सरकारले घोषण गरेको छ ।