काठमाडौं । सरकारले प्रधानमनी कृषि आधुनिकीकरण कार्यक्रमकोको पुनर्संरचना गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त सदनमा सरकरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मध्यावधि समीक्षाका आधारमा पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य बाली तथा वस्तुको जोन प्रदेशमा हस्तान्तरण गर्दै जाने उल्लेख गरिन् ।
यस्तै बाँझो जमिनको सदुपयोग गरी मूल्य श्रृङ्खलामा आधारित सहकारी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने सरकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले प्राङ्गारिक मलमा पनि अनुदान दिने भएको छ । गुणस्तरीय प्राङ्गारिक मलमा रासायनीक मलककै अनुपातमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने उनले बताइनन् ।