काठमाडौं । सरकारले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेजसम्म गर्ने तयारी गरेको छ ।
मंगलबार संसद्मा सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थानमा सुधार गर्नेदेखि खारेज गर्नेसम्मको योजना रहेको बताएकी हुन् । बन्द उद्योग पुनः सञ्चालन गरिने पनि सरकारको योजना छ ।
सरकारले आउँदो वर्ष विद्यमान कर प्रणालीको पुनरवलोकन गर्ने समेत जनाइएको छ । उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।