काठमाडौं । सरकारले छिमेकीसँगको सम्बन्ध थप सृदृढ भएको बताएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा चीनका विदेशमन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताइन् ।
सरकारकाले छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सम्बन्धनलाई थप महत्त्व दिइरहेको पनि उनको भनाइ छ ।