काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण कृषि बालीमा पुगेको क्षतिको राहत उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रममा संसद्मा पेस गर्दै यस वर्ष
भएको बेमौसमी वर्षाका कारण कृषि बालीमा पुगेको क्षतिको राहत छिटै उपलब्ध गराइने बताइन् ।