• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

  • वीरगंज संजाल
  • Aug 22, 2019, 12:40 am
  • ३४४९

    नयाँदिल्ली : भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिबिआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो ।

    सिबिआईले ७३ वर्षीय चिदम्बरम माथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन्२००८मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ।

    सिबिआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सिबिआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो। निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए। सिबिआईका केही अधिकारीहरु त पर्खाल नाघेर समेत भित्र पसेका थिए।त्यसअघि चिदम्बरमले आफूमाथि सिबिआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए। तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो।

    त्यसपछि सिबिआई र प्रवर्तक निर्देशनालय (इनफोर्समेन्ट डाइरक्टरेट–ईडि) को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो। त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो। तर, उनलाई फेला पार्न सकेको थिएन।


    बुधबार बिहान चिदम्बरम पक्षका वकिलहरुले उनी प्रतिष्ठित राजनीतिज्ञ र पूर्वमन्त्री समेत भएकाले विदेश भााग्ने सम्भावना नरहेकको भन्दै जमानतका लागि सर्वोच्च अदालत गएका थिए। तर, सर्वोच्चले मुद्दाको चापका कारण उनको मुद्दाको सुनवाई शुक्रवार अघि हुन नसक्ने आदेश दिएपछि चिदम्बरम पक्राउ पर्ने निश्चित ठानिएको थियो। त्यसपछि पनि उनी कहाँ थिए भन्ने अज्ञात नै थिए।

    एकाएक बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनमा सार्वजनिक भएका थिए। उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आइएनएक्स मिडिया प्रकरणमा प्रत्यक्ष आरोप नलगाइएको हुँदा मंगलबार राति र बुधबार दिनभर वकिलहरुसँगको परामर्शको व्यस्त रहेको र न्यायिक प्रक्रियाको अपहेलना गर्न नखोजेको प्रष्टिकरण दिएका थिए।

    उक्त पत्रकार सम्मेलनपछि उनी आफ्नो निवास पुगेका थिए। चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सिबिआई र ईडीको टोली उनलाई पक्राउ गर्न त्यहीँ पुगेको थियो। निवास प्रवेश गरेको करीब आधा घन्टापछि सिबिआई र ईडको टोली चिदम्बरमसहित बाहिर निस्केको थियो। चिदम्बरम कम्तिमा पनि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई नहुँदा सम्म सिबिआई मुख्यालयमै रहने छन्।

    चिदम्बरम अर्थमन्त्री भएकाले केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जीयाको कम्पनी आइएनएक्स मिडियामा विभिन्न तीनवटा मोरिसस कम्पनीबाट करीब ३०५ करोड भारु वैदेशिक लगानीका लागि अनुमति दिएको थियो। पछि राजस्व विभागले त्यो लगानी भित्र्याउँदा सम्पत्ती शुद्धिकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानूनहरुको पूर्ण पालना नभएको तथ्य फेला पारेको थियो। र, त्यसको छ वर्ष पछि आइएनएक्स मिडियासँग चिदम्बरमका छोरा कार्ति चिदम्बरमको कम्पनीको पनि सम्बन्ध भएको खुलेको थियो।

    पछि सिबिआईसँगको बयानमा इन्द्रानीले कार्ति चिदम्बरम र आफूहरुबीच वैदेशिक लगानी स्वीकृतिका लागि दश लाख डलरको डिल भएको बताएकी थिइन्।इन्द्रानीको बयानपछि सिबिआईले कार्त्ति चिदम्बरमलाई पनि पक्राउ परेको थियो।

    पछि ईडिले कार्ति चिदम्बरमको करीब ५४ करोड भारुको सम्पत्ति आइएनएस मिडिया डिलसँग जोडिएको दावी गर्दै अनुसन्धान अगाडि बढाएको थियो। त्यसपछि ईडी कार्यालयले पि चिदम्बरमलाई पनि पटकपटक सोधपुछ गरेको थियो। कान्तिपुर दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    News

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    News

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑