वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रक चौरसियाको हत्या -ताजा अपडेट
वीरगंज संजाल
९ कार्तिक २०७६, शनिबार ०९:२७
७०६१
वीरगन्ज | वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ । वीरगंज महानगरपालिकाको बारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक वीरगन्ज–१६ नगवा निवासी ४० बर्षिय बुनिलाल प्रसाद चौरसियाको हत्या भएको हो । वीरगंज बाईपास स्थित माईदिया पोखरीको डिलमा शुक्रबार बिहान फालिएको अवस्थामा चैँरसियाको शव फेला परेको थियो ।पोखरीको पश्चिम पट्टीको डिलमा बिहान करिब एघार बजेको समयमा तन्नामा बाँधेर फालिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, प्रहरी नायब उपरिक्षक गौत्तम थापा सहितको टोली घटना स्थल पुगेर बाँधेको तन्ना फुकाल्दा अग्नि नियन्त्रक चौरसियाको शव फेला परेको थियो । मृतक चौरसियाको नाक, कान, टाउँको र पेटमा घाउँ देखिएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताए ।
उनले भने, चौरसियाको हत्या गरेर उनको शव कपडामा बेरी माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटना स्थलको मुचुल्का उठाई उनको शव पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाईएको छ ।
घटना सम्वेदनशिल भएकोले थप अनुसन्धान गर्नको लागि पर्सा प्रहरीले प्रदेश २ को राजधानी जनकपुरबाट तालिम प्राप्त (जर्मन सेफर) जंगे नामक कुकुरलाई समेत झिकाएको थियो ।घटना सम्वेदनशिल भएकोले तालिम प्राप्त कुकुरको सहयोग लिई अनुसन्धान गर्दै पर्सा प्रहरी|
प्रहरीले घटनाको अनुसन्धानकै क्रममा वीरगन्ज ६ माईस्थानका दिपु अग्रवाल र उनको श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गर्ने काम गरीरहेको छ । बिहिबार (हिजो) बेलुका अग्रवालका श्रीमतीले चौरसियासंग ब्याजमा लिएको ऋणको रकम फिर्ता गर्न चौरसियालाई आफनै घरमा बोलाएका थिए ।