वीरगञ्ज । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले विचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।
शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उनले कर्मचारीले नै विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताए ।
छिटो काम गर्नका लागि सर्बसाधारणहरुले बाध्य भएर विचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिए । उनले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पारे ।
कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उनको भनाइ छ । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गरेका हुन् ।
यसअघि मन्त्री दाहालले विहीबार ललितपुुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका थिए ।