• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली भूभाग डुब्ने गरी भारतले सुस्तामा बनाउँदैछ सडक

  • वीरगंज संजाल
  • १४ माघ २०७८, शुक्रबार १६:०४
  • २८१७

    वीरगञ्ज । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा गाउँपालिकाको दक्षिणी भूभाग डुबान हुने गरी भारतले करिब २७ किलोमिटर लामो सडक बनाउन थालेको हो ।

    भारतले दशगजादेखि २५ मिटरको दूरीभित्रै आफ्नै भूमिमा सडक बनाउन थालेको छ । तर यो सडकको ठाउँ ठाउँमा कल्भर्ट वा ह्युमपाइप नराख्दा पानीको प्राकृतिक बहाव थुनिने र वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने डरले सुस्ता क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।

    भारतीय पक्षले ६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन अहिले माटो फिलिङ गरिरहेको छ । पानीको बहावको निकास नराखी सडक बनाउन थालेपछि सुस्ता क्षेत्रका चार वटै गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

    ‘पानीको निकास हुने ठाउँ नै नराखी धमाधम सडक बन्न थालेपछि सुस्तावासी डुबानको चिन्तामा छन्’ अध्यक्ष पाण्डेले भने, ‘यो समस्याबारे चारवटै गाउँपालिकाको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छौं ।’

    निर्माणाधीन सडकमा प्रत्येक दुई सयदेखि पाँचसय मिटरको दूरीमा पानीको निकासका लागि ठूला कल्भर्ट वा ह्युमपाइप नराख्ने हो भने वर्षयाममा चारै गाउँपालिकाको दक्षिणी क्षेत्रको वस्ती डुवानमा पर्ने पाण्डेले बताए ।

    विगतको भारतीय व्यवहार हेर्दा उच्च राजनीतिक तहबाट प्रभावकारी पहल नगर्ने हो भने भारतीय पक्षले पानीको निकासका लागि कल्भर्ट वा ह्युमपाइप राख्ने वा पुल बनाउने स्थिति नरहेको पाण्डे बताउँछन् ।

    जीटुजी वार्ता गरेर समाधान खोज्नुपर्छ : सीडीओ मिश्र

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि भारतीय पक्षले बनाइरहेको सडकका कारण नेपाली भूभाग डुबानमा पर्ने अवस्था देखिएको स्वीकार गरे ।

    ‘सडक बनाउनुअघि नै पानीको प्राकृतिक बहाव नरोकिने गरी आवश्यक ठाउँमा कल्भर्ट वा ठूला हयूमपाइपहरु राख्नुपर्ने हो तर त्यो राखेको देखिएन’, प्रजिअ मिश्रले भने, ‘जनस्तरबाट पनि गुनासो आएपछि भारतीय समकक्षी डीएमसंग सम्पर्क गरें, उहाँले एउटा टिम पठाउनुभएको थियो, मैले स्पष्टसंग कुरा राखेको छु ।’

    कुराकानीमा भारतीय पक्षले प्रत्येक पाँच सय मिटरमा कल्भर्ट/हयूमपाइप वा पुल जे आवश्यक पर्छ त्यो राख्ने गरी डिजाइन भएको र सडक ग्राभेलअघि राख्ने जानकारी गराएको प्रजिअ मिश्रले बताए ।

    सीमा क्षेत्रमा भारतीय सडकले हुने डुबान समस्या एउटा जिल्लाको मात्र नभएको र समग्र तराईका जिल्लाको साझा समस्या भएकाले संघीय सरकारले भारत सरकारसंग कुटनीतिक पहल गरेर समाधान गर्नुपर्ने प्रजिअ मिश्र बताउँछन् ।

    ‘यो समस्या एउटा जिल्लाको मात्र हैन, जीटुजी वार्ता गरेर कुटनीतिक माध्यमबाट समस्या समाधानको पहल गर्नुपर्छ’ उनले भने । आफूले यसबारे गृह मन्त्रालयमा पनि जानकारी गराइसकेको प्रजिअ मिश्रले बताए ।

    विरोध प्रदर्शन

    भारतीय पक्षले अन्तर्राष्ट्रिय कानून विपरीत सडक बनाएको तर पानीको निकास नराखेको भन्दै राष्ट्रिय युवा संघ नेपालले सुस्ता– ५ मा विरोध प्रदर्शन गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउँ कमिटीले भारतीय पक्षको ध्यानाकर्षणका लागि कालो झण्डासहित शान्तिपूर्ण विरोध प्रर्दशन गरेको संघका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताए ।

    भारतीय पक्षले सुस्तामा १४ हजार हेक्टर जमिन अतिक्रमण गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउँछन् ।

    साभार्:-अन्लाईनखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑