लण्डन । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका तर्फबाट खबर गरिएको थियो ।
लरीका चालक उत्तरी आयरल्याण्डका २५ वर्षिय एक युवक छन् । हत्याको आशंकामा निजलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक संकेत अनुसार ३८ वटा शव प्रौढ व्यक्तिका हुन् भने एउटा किशोरको भएको इसेक्स प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो लरी बुल्गेरियाबाट आएको हो । लरी होलिहेड भन्ने स्थानबाट शनिबार बेलायतमा प्रवेश गरेको थियो । अधिकारीहरुले जनाए अनुसार सो घटनाका पीडितहरुको पहिचान पत्ता लगाउने काम भइरहे पनि लामो प्रक्रिया रहेको बताएका छन् । लरी चालकलाई प्रहरीले घटनाका बारेमा आबश्यक सोधपुछ गरिरहेको जनाइएको छ ।