• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ११ वटा फाइनान्सले डाके एजीएम : मञ्जुश्रीकाे लाभांश उच्च समृद्धिकाे हात खाली, अन्य कुनकाे कति ?

  • वीरगंज संजाल
  • Dec 30, 2021, 4:16 am
  • २४४१

    वीरगंज | हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ११ वटा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे वार्षिक साधारण सभा आह्वान गरेका छन् । साधारण सभा बाेलाउने ११ वटा कम्पनीहरूमध्ये १० वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ भने बाँकी एउटा कम्पनी अर्थात् समृद्धि फाइनान्सका लगानीकर्ताहरूकाे हात खाली हुनेछ ।

    लाभांश घाेषणा गर्ने १० वटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश रहेकाे छ । लाभांश घाेषणा गर्ने १० वटा फाइनान्स कम्पनीमध्ये एउटा कम्पनीकाे बुकक्लाेज भइसकेकाे छ ।

    १.  मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

    मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते बिहीबार, फाइनान्सको केन्द्रिय कार्यलय, नयाँबानेश्वर काठमांडौमा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    २. रिलायन्स फाइनान्स कम्पनी लिमिटेड

    रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे पाैष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार, कम्पनीकाे केन्द्रिय कार्यालय, प्रदर्शनीमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ३. आइसिएफसी फाइनान्स कम्पनी लिमिटेड

    आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । फाइनान्सकाे अठाराैँ वार्षिक साधारण सभा पाैष ५ गते, साेमबार, आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ४. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड

    मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, नेता चाैक, राजविराजमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ५. गुडविल फाइनान्स कम्पनी लिमिटेड

    गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा पुष २९ गते बिहीबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ६. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ७. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड

    सेन्ट्रल फाइनान्स कम्पनीकाे लिमिटेडकाे मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, कानदेवस्थान, कुपण्डाेल, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ८. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ९. पाेखरा फाइनान्स कम्पनी लिमिटेड

    पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार दरबारथाेक ब्याङ्क्वेट, बाँस्ताेलाथर, पाेखरा-९, कास्कीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २१ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    १०. प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड 

    प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार ज्यापू प्रज्ञा भवन, भाेलगणेश, ललितपुरमा दिउँसाे १ बजेदेखि वेभिनार मार्फत् सञ्चालन हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ११. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

    समृद्धि फाइनान्स लिमिटेडको पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको बीसाैँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार होटल एभोकाडो हेटौँडा, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ । फाइनान्सले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । फाइनान्सले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑