• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यसकारण युट्युबमा धमाधम रिलिज हुँदै चलचित्र

  • वीरगंज संजाल
  • Dec 24, 2021, 8:03 am
  • २९७३

    वीरगंज । पछिल्लो एक–डेढ महिनायता युट्युबमा चलचित्र रिलिज हुनेक्रम बढेको छ । तुलनात्मक रूपमा अन्य समयको तुलनामा एक–डेढ महिनायता युट्युबमा उल्लेख्य संख्यामा चलचित्र अपलोड भएका छन् ।हाइलाट्स नेपालमा मात्रै ‘मंगलम’, ‘डाइङ क्यान्डल’, ‘लम्फू’, ‘पुरानो बुलेट’, ‘नेप्टे’ लगायत चलचित्र दुई महिनायता रिलिज भएका छन् ।युट्युब च्यानल कम्पनी ओएसआर डिजिटलमा ‘कबड्डी कबड्डी कबड्डी’, ‘घामड शेरे’, ‘हजार जुनीसम्म’ लगायत चलचित्र रिलिज भए । चलचित्र मात्रै होइन, म्युजिक भिडियोहरू रिलिज हुनेक्रम पनि बाक्लिएको छ ।

    राम्रै लगानी गरेर डिजिटल प्लेटफर्म आइरहेका बेला र भविष्य यसमै छ भनेर सबैले स्वीकार गरिरहँदा पनि चलचित्रको युट्युब रिलिज बढिरहेको छ । यो समय युट्युबमा चलचित्र रिलिज हुनुको मुख्य कारण विज्ञापन नै भएको ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्र खड्गी बताउँछन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई पनि हुने उनी बताउँछन् ।“यो समय अंग्रेजी नयाँ वर्ष र क्रिसमस भएकाले युट्युबमा विज्ञापन दिनेको संख्या धेरै हुन्छ । विज्ञापन धेरै आउँदा त्यसको प्रत्यक्ष प्रभाव हामीलाई पनि हुन्छ,” व्यवस्थापक खड्गी भन्छन्, “केही महिनायता धेरै फिल्म युट्युबमा आउनुको कारण यही हो ।”

    कन्टेन्ट प्ले भइरहेका बेला युट्युबमा आउने विज्ञापनका आधारमा ‘इनकम’ बढ्छ । जति धेरै विज्ञापन कन्टेन्टमा आउँछ त्यति नै धेरै च्यानललाई आम्दानी हुन्छ ।
    खड्गी १५/२० प्रतिशतसम्म यो समय आय बढ्ने गरेको बताउँछन् ।हाइलाइट्स नेपाल युट्युब च्यानलका सञ्चालक ओम गुरुङ भने अरू महिनाको तुलनामा अहिले डेढदेखि दुई गुणा बढी रेभिन्यु आउने गरेको दाबी गर्छन् ।“अहिले चलचित्रहरू रिलिज गर्नुको कारण उच्च रेभिन्यु हो । अहिले दुई गुणासम्म बढी रेभिन्यु आउँछ,” गुरुङ भन्छन्, “नेपालमा असार मसान्तसम्म बजेट खर्च गरिसक्नुपर्ने बाध्यात्मक अवस्था भएजस्तै पश्चिमा देशमा डिसेम्बरसम्म विज्ञापनका लागि गरिएका कन्ट्रयाक पूरा गर्नुपर्ने भएकाले नोभेम्बर र डिसेम्बरसम्म धेरै विज्ञापन आउँछ । त्यसैले रेभिन्यु राम्रो हुने भएकाले यो समय आफूसँग भएका कन्टेन्ट युट्युब कम्पनीहरूले रिलिज गरिरहेका छन् ।”

    म्युजिक भिडियो तथा चलचित्र निर्देशक निकेश खड्का अहिले युट्युबबाट आउने आकर्षक कमाइ नै युट्युबमा चलचित्र र भिडियो रिलिज हुनुको मुख्य कारण रहको बताउँछन् । नोभेम्बरको मध्यदेखि जनवरीको मध्यसम्म युट्युबमा उल्लेख्य मात्रामा विज्ञापन बढ्ने गरेको उनले सुनाए ।“अरू समयको तुलनामा अहिले युट्युबमा आउने विज्ञापन बढ्ने भएकाले चलचित्र मात्रै होइन, म्युजिक भिडियो रिलिजको क्रम पनि बढेको छ,” उनले भने, “निर्माण सकेर स्टकमा बसेका भिडियो पनि अहिले धमाधम रिलिज भइरहेका छन् । एउटै कलाकारका म्युजिक भिडियो एकै दिन रिलिज भएर जुधिरहेको छ ।”सामान्यतः आठ मिनेटको म्युजिक भिडियोको १० लाख भ्युज युट्युबमा हुँदा ३० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ । “तर, हामीले केही समय अगाडि रिलिज गरेको झुम्कावाली १० लाख भ्युज जाँदा एक हजार डलर आएको थियो,” निकेश भन्छन् । परिणाम, अहिले उल्लेख्य संख्यामा म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् ।

    ओएसआर डिजिटलका व्यवस्थापक खड्गी डिजिटल प्लेटफर्मभन्दा पनि अहिले युट्युबमै केन्द्रित भएको बताउँछन् । “भोलिको दिनको बजार ओटीटी नै हो भन्नेमा शंका छैन । तर, आजको दिनसम्म नेपाली दर्शक ओटीटीमा युज टु नभइसकेका कारण हामीले युट्युबमै सिनेमालगायत कन्टेन्ट रिलिज गरिरहेका छौँ,” उनी भन्छन्, “विस्तारै ओटीटीमा दर्शक युज टु हुँदै गएपछि हामी पनि केन्द्रित हुने त्यसमै हो ।”अहिले नेपालमा ओटीटीको प्रयोगकर्ता ठूलो संख्यामा नरहेको चलचित्रकर्मी तथा मेकरहरूले पनि बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑