• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १५ बैंकको लाभांशमा कसले कति प्रस्ताव गरे, बाँकी बैंकको कति आउँला ?

  • वीरगंज संजाल
  • २० कार्तिक २०७८, शनिबार १९:१५
  • ४७०५

    वीरगन्ज । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस शेयर र नगद लाभांश घोषणा गरेका छन् । सिभिल बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, एनसिसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभुु बैंक, एसबिआई बैंक, सनाइज बैंक, मेगा बैंक सेन्चुरी बैंकले लाभांश घोषणा गर्न बाँकी छ । कोभिड संक्रमणसँगै लकडाउन भएपछि गतवर्षबाट नेपाल राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गरेपछि यसवर्ष बोनस शेयरको अनुपात सबै बैंकले बढाएका छन । त्यही भएर लाभांश दिने बैंकहरुले बोनस सेयरलाई उच्च प्राथमिकतामा राख्ने गरेका छन्।

    हालसम्म नबिल बैंक र हिमालयन बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको छन । नविल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जको तयारीमा रहेको हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नबिल बैंकले ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ मा पनि ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

    त्यसैगरी, हिमालयन बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश रहेको छ । कुमारी बैंकले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी जम्मा ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    सानिमा बैंकले कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । त्यस्तै, सिटिजन बैंकले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकसँग मर्जको तयारीमा रहेको इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र ३ दशमलव ३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    एनआइसी एसिया बैंकले कुल १५ दशमलव ७९ प्रतिशत लाभां १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल बंगलादेश बैंकले नगद लाभांशमा ३ दशमलव ५० प्रतिशत र बोनस शेयर १२ प्रतिशत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    यस्तै, एनएमबि बैंकले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नदग गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकको १४ दशमलव २५ प्रतिशत बोनस र शूून्य दशमलव ७५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बैंकले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    ग्लोबल आइएमई बैंकले कुल १३ दशमलव ५० प्रतिशतमा १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल १३ दशमलव ६ प्रतिशत लाभांशमा १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश गरेको छ ।

    एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । त्यस्तै, कुमारी बैंकले हालसम्म घोषणा गरेकोमध्ये सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑