काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति सरेको छ । बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौमा गर्ने निर्णय गरेको महाधिवशन केन्द्रीय प्रसार समिति सदस्य जनकराज पाठकले जानकारी दिएका छन् ।
यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने निर्णय भएको थियो । तर तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई सातापछि महाधिवेशन पर सार्ने निर्णय भएको हो ।