• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सांसद नभएका गजेन्द्र हमाल कसरी बने मन्त्री ?

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार ०७:३५
  • ३७१७

    काठमाडौं । सरकार बनेको झन्डै तीन महिना पुग्न लाग्दा शेरबहादुर देउवा सरकारमा नागरिक मन्त्रीको हल्ला चल्यो । नागरिक स्तरबाट केपी ओलीको सरकारले गरेको संसद् विघटनविरुद्ध जमेर बहस गेरेका वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा र अधिवक्ता गोविन्द शर्मा बन्दीलाई मन्त्री बनाउने चर्चा पनि पनि सार्वजनिक भयो । त्यस्तो प्रस्ताव आएको र आफूले पेशालाई धरापमा राखेर मन्त्री बन्ने कुरा इन्कार गरेको भन्दै वरिष्ठ अधिवक्ता थापाले त्यसको पुष्टि पनि गरिदिए । त्यसलगत्तै अर्को नयाँ चर्चा सुरु भयो –प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा कोटा मागे । दुई मन्त्री मागेकोमा एक मन्त्री दिन प्रधानमन्त्री देउवा सहमत भए । त्यसरी सहमत भएको विषयसँगै प्रधानन्यायाधीशका जेठानको नाम जोडिएको थियो ।

    सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसरी आएका समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई सम्बोधन गरेर शुक्रबार त सदनमा नै प्रश्न उठाए । “प्रधनन्यायाधीशले दुईवटा मन्त्री मागेको र प्रधानमन्त्रीले एकजना दिने सहमति गरेको भन्दै समाचार आएका छन्,” सांसद सुवालले निजामति सेवा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमा राखेको विरोधको सूचना प्रस्तुत गर्ने क्रममा भने, “के सरकारले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउन लागेको हो ? शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत सरकारले यस्तो सम्झौता किन ग¥यो ? यसमा प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।”

    उनको प्रश्नको जवाफ दिन रोष्ट्रममा पुगेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले त्यो सबै झुटा समाचार भएको भन्दै त्यसको पछि नलाग्न सदनलाई आग्रह गरे ।“माननीय सदस्यले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ,” कार्कीले जवाफमा भनेका थिए, “यसमा कुनै सत्यता छैन । म उहाँलाई सम्मानित सदनमार्फत भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।” कार्कीले यसो भनेको झन्डै दुईघण्टामै प्रधानन्यायाधीशको कोटामा उनका जेठान संसद बाहिरबाट मन्त्री बन्न लागेको भन्दै गरिएको चर्चा सत्य सावित भयो । गजेन्द्रबहादुर हमाल मन्त्री भए । राष्ट्रिपतिबाट पद तथा गोपनीयताको सपथ लिए र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको विभागीय जिम्मेवारी सम्हालेका छन् ।

    तर, हमाल कसरी मन्त्री बने भन्ने जवाफ कांग्रेसजनसँग भेटिँदैन । नेपाली कांग्रेसको क्रियाशील सदस्य मात्रै रहेका हमाल मन्त्री बन्नका लागि कसरी योग्य भए र उनलाई मन्त्री नबनाउँदा के फरक पर्थ्यो भन्ने विषयको बहस कांग्रेसभित्र हुनसमेत पाएको छैन । तर, उनको नियुक्तिले स्वतन्त्र न्यायपालिकाको मर्ममा नै प्रहार भएको टिप्पणी सुरु भएको छ । वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल लोकतन्त्रका नाममा नेताहरुले व्यक्तिगत स्वार्थ पूरा गरिरहेको भन्दै अभ्यासमा लोकतन्त्र नै नभएको बताएका छन् । प्रधानन्यायाधीशले कोटा मागेको र हमाल मन्त्री बन्दै गरेको समाचार सार्वजनिक भइसकेपछि पनि सरकारले उत्तरदायी सरकारको स्वभाव नदेखाएको अर्यालको बुझाई छ ।

    “सार्वजनिक मिडियामा प्रधानन्यायाधीशको मागअनुसार गजेन्द्र हमाललाई मन्त्री बनाउन लागेको भनिएको थियो । यसमा विरोध भइरहेकै बेलामा सरकारले निहुँ नै खोजेर त्यसैलाई नल्याए सरकार टिक्दैन भन्ने किसिमको व्यवहार देखायो,” वरिष्ठ अधिवक्ता अर्यालले भने, “लोकतन्त्रमा सरकार उत्तरदायी हुन्छ । सार्वजनिक सञ्चारमाध्यमबाट जनताको आवाज मुखरित हुने हो । तर, तिमीहरु लेख्दै गर हामी गर्दै गर्छौं भन्ने शैली देखाइयो । यसले स्वतन्त्र प्रेसको आवश्यकतामा मात्र प्रश्न उठाएन यो लोकतन्त्रको भविश्यमाथि नै प्रश्न उठाएको छ ।”

    नागरिक अभियानमा लागेका अधिवक्ता ओमप्रकाश अर्याल त प्रधानन्यायाधीशले न्यायिक लक्ष्मण रेखा पार गरेको र कार्यकारीले पनि स्वतन्त्र न्यायपालिका खल्बल्याउने काम गरेको बताएका छन् ।गजेन्द्र हमाल सांसद नभएको, ठूला मन्त्रिपरिषदमा समेट्नै पर्ने व्यक्तित्व नभएको व्यक्ति हुँदा हुँदै मन्त्री बनाइनुले उनको योग्यता प्रधानन्यायाधीशको आफन्त हुनु मात्र देखिएको बताउँछन् । “हमाललाई मन्त्री बनाउनैपर्ने कारण र उनको योग्ता देखिँदैन, मन्त्री हुनुमा प्रधानन्यायाधीशको नातेदार हुनु नै उनको योग्यता देखियो,” अधिवक्ता अर्यालले भने, “यसमा भाग खोज्ने प्रधानन्यायाधीश र भाग दिने दुवै दोषी हुन् ।”उनले कार्यपालिकामा तान्नेले लोकतन्त्रलाई बिर्सिएको भए पनि प्रधानन्यायाधीशले भाग लिएका कारण स्वतन्त्र न्यायलयमाथि नै धावा बोलिएको बताए ।“प्रधानन्यायाधीशले न्यायिक लक्ष्मणरेखा पार गर्नुभयो । कार्यपालिकामा भाग लिनुभयो,” अर्यालले भने, “उहाँलाई कसरी न्यायमुर्ती मान्ने ? उहाँको न्यायिक धरातल समाप्त भयो । निष्ठा नभएको पदको ओज रहँदैन । उहाँले निष्ठा छोडिसकेपछि पदमा बस्न मिल्छ मिल्दै भनेर हामीले प्रश्न नउठाए पनि आम रुपमा यो प्रश्न उठ्ने छ ।”

    मन्त्री हमालले भने आफु कांग्रेससँग आवद्ध भएर धेरै काम गरेको बताएका छन् ।हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिँदै आफु कांग्रेससँग आवद्ध भएर धेरै काम गरेको बताए ।उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए । उनले बन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न छलफल गर्ने धारणा राखे ।शीतलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑